Powered by Blogger.
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुली, १८ फागुन 
सिन्धुलीको कमलामाई नगरपालिका –९ कोरुङ खोला स्थित भित्री सडक खण्डमा शुक्रवार साँझ टिपरले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । 

टिकरको ठक्करबाट कमलामाई नगरपालिका १३ का बर्ष ४५ का रबिया धामिको मृत्यु भएको हो । टिपरको ठक्कर दिदाँ गम्भिर घाईते भएका धामीलाई उपचारको लागि सिन्धुली अस्पताल सिन्धुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

कमलामाई नगरपालिका –९ कोरुङ खोलाबाट काउछे तर्फ जादै गरेको ना १ क ९६८४ नम्बरको टिपरले उनलाई ठक्कर दिएको हो । 

टिपरको ठक्करबाट धामीको कम्मर मुनिको भागमा चोट लागि गम्भिर घांईते भई उपचारको लागि सिन्धुली अस्पताल सिन्धुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए । 

ठक्कर दिने टिपर र टिपर चालक अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको.नियन्त्रणमा रहेको छ ।   


, ,

0 comments

Write Down Your Responses