Powered by Blogger.
दुवै मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको याचना


सिन्धुली । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्को उपचारका लागि सहयोग गरिदिन उनका बुबा लाल बहादुर खड्काले आग्रह गरेका छन् ।
दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी सिन्धुलीको दुधौली नगरपालीका वडा नं. २ नयाँटोलकी २३ वर्षिय यशोदाको किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन उनका बुवाले आग्रह गरेका हुन् ।
करिव नौ महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेकी छिन् । शुरुमा गाउँमा समान्य रोगको उपचार गराएपनि व्यथाले च्याप्र्दै गएपछि विरगञ्जको नेशनल मेडिकल कलेज, त्यसपछि काठमाडौको ओम अस्पतालहुर्दै हाल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारार्थ छिन् ।
यशोदाको उपचार गराउदा अहिलेसम्म २० लाख रुपिया सकिएको छ । अहिले यशोदाको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको विरामी यशोदाका बुवा लालबाहादुरले बताए  ।
न्यून आर्थिक अवस्था भएका खड्का छोरीको उपचार गर्न नसके पछि चिन्तीत छन् । विरामी यशोदाले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेकी हुन् । सहयोगी मनहरुले लागी विरामीका बुवा लालबाहादुरलाइ ९८४४१३९७४५ नम्वरमा फोनगरी सहयोग गर्न सक्नु हुनेछ ।



, ,

0 comments

Write Down Your Responses