Powered by Blogger.
नेपाल बन पैदावार व्यवसायी संघ सिन्धुलीको सातौँ साधारणसभा सम्पन्न

संगिता डिम्दोङ, सिन्धुली,२५ माघ । नेपाल बन पैदावार व्यबसायी संघ सिन्धुलीको सातौं बार्षिक साधारणसभा आज सिन्धुलीमाढीमा  सपन्न भएको छ । नेपाल  वन पैदावार व्यबसायी संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङको अध्यक्ष्यता तथा ३ नं. प्रदेशसभा सांसद बिनोद खड्काको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको हो । 

बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै प्रदेश सांसद बिनोद खड्काले विगतमा वन पैदावार भित्र रहेको काठ निकासको बेला व्यबस्थापनमा भएको गल्तिले गर्दा बनमा ठुलो असर परेको स्मरण गराउदै आगामी दिनमा यस्तो गल्ति नदोहो¥याउन संघलाई आग्रह गरे ।  

कार्यक्रममा ३ नं प्रदेशका वन पैदावर व्यवसायी संघका उपादक्ष्य भिम बिक्रम खत्री, सामुदायीक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ, सिन्धुलीका काठ व्यवसायिह?, मरिन वन डिभिजनका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो । 

कार्यक्रममा वन पैदावार व्यवसायी संघ सिन्धुलीले अघिल्लो बर्षमा २ वटा नगरपालिका र सात वटा गाउँपालिकामा वन विकासमा हाम्रो दायित्व र वैज्ञानिक वनको दिर्घकालिन फाइदा र बेफाइदा बारे एक दिने गोष्ठी सन्चालन गरेको अध्यक्ष घिसिङले जानकारी गराए । 

उनले आगामि दिनमा पनि वन संरक्षणका लागि  सरकारी वन, सामुदायिक वन तथा निजी वनमा पनि वृक्षारोपण सु? गरिने बताए ।  


,

0 comments

Write Down Your Responses