Powered by Blogger.
जनयुद्ध की जन आन्दोलन भन्नेमा ब्यानर देखि शहिद तस्विर सम्ममा नेकपा भित्र आ–आफ्नै दावी


नेता कार्यकर्ता भन्छन् , ‘भाषणमा एकता ब्यबहारमा प्रतिस्पर्धी जस्तै देखियो’
सिन्धुली १, फागुन । बुधबार फागुन १ गते देशैभर बन्दुकको नालबाट राज्य शत्ता कब्जा गर्ने उद्घोष सहित जनयुद्धमा होमिएको तत्कालीन माओवादी र नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रिया विचार र शान्ति प्रक्रियाबाटै हुनु पर्छ भन्ने तत्कालिन एमाले कार्यकर्ताहरुले विभिन्न कार्यक्रम गर्दै ‘जनयुद्ध एवं जनआन्दोलन दिवस’ मनाए ।
तर, ‘जनयुद्ध एवं जनआन्दोलन दिवस’ मा बन्दुकको नाल उठाउँने र त्यसलाई दवाउने दुबै पार्टी एकता भए पनि ब्यबहारमा भने एकता भन्दा प्रतिस्पर्धी झै देखियो ।
जनयुद्ध दिवसमा पार्टीको केन्द्रीय तहदेखि जिल्लातहसम्म भएका कार्यक्रममा तत्कालीन माओवादी र एमालेले ‘जनयुद्ध दिवस’ र ‘जनआन्दोलन दिवस’ मध्ये कसलाई आफ्नो स्वामित्व लिने भन्ने प्रतिस्पर्धाका कारण जनयुद्धकी जन आन्दोलन भन्नेमा ब्यानर देखि शहिद तस्विर सम्ममा विवाद देखिएको नेकपाका नेता तथा कार्यकर्ताहरुले नै बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्ष प्रचण्ड सहभागि कार्यक्रममा ‘जनआन्दोलन तथा जनयुद्धका सहिद’को सम्झना लेखिएको ब्यानर जिल्लासम्म आइपुग्दा जनयुद्ध एवं जनआन्दोलन दिवसमा तयार पारिएको थियो ।
उत्ता यस अघि २०५२ साल फागुन १ गते जनयुद्धको उद्घोष पछि जनयुद्धमा समर्पीत हुँदा शहादत प्राप्त नेता तथा कार्यकर्ताहरुको मात्र तस्विर राखेर माल्यार्पण गर्दै सम्झने तत्कालीन माओवादी नेता कार्यकर्ताहरुले यस पटक जनआन्दोलनका शहिदहरुको समेत तस्विर एकसाथ मन्चमा राखेर उनिहरुलाई सम्झेका छन् ।
खासमा फागुन १ लाई नितान्त रुपमा माओवादी भुमिगत युद्धमा सामेल योद्धाहरुको सम्झनाकै रुपमा जनयुद्ध दिवस मनाउने चलन छ । यस पटक भने दुबैपार्टी एकता पछिको पहिलो कार्यक्रम भएकाले जनआन्दोलनका शहिदहरुलाई पनि एकै पटक सम्झेर तस्विरहरु पनि संगै राख्नु परेको नेकपाका नेता हरिबोल गजुरेलले बताए ।
‘सांगठनीक एकता भएपनि भावनात्मक एकता भइ नसक्दा पार्टीभित्र केही कुरामा असहमतिहरु कायमै रहेको बेला पार्टीको केन्द्रीय निर्णय अनुसारनै जनयुद्ध र जनआन्दोलन दिवस दुबै एकैपटक गर्नु परेको हो,’ उनले भने ।
तर, नेकपाका नेता तथा सांसद विनोद खड्काले भने पार्टी भित्र अझैपनि भावनात्मक एकता भइ नसकेका कारण जनयुद्ध र जनआन्दोलनको स्वामित्व कसले लिने भन्ने विषयले एकरुपता पाउन नसक्दा ब्यानरदेखि शहिदका तस्विरसम्म विवाद देखिएको उल्लेख गरे ।
माओवादीले जनयुद्धबाटै लोकतन्त्र स्थापना गरेको दवी गर्दै जनयुद्ध दिवसलाई भब्य रुपमा मनाई रहँदा तत्कालीन नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु भने जनआन्दोलनको उपलब्धी नै लोकतन्त्र र गणतन्त्र भएको दावी गरीरहेका छन् ।
जनयुद्ध दिवसकै दिन जनआन्दोलन दिवसलाई पनि जोड्नु राम्रो नहुने भन्दै यसलाई माओवादीको जनयुद्ध भन्ने शब्द एमालेले स्विकार नगरेको र जनआन्दोलन भन्ने शब्दलाई माओवादीले सामान्य अर्थमा ठानेको भन्ने छर्लङ्ग जस्तै देखिएको नेकपाका जिल्ला नेता विनोद विकले टिप्पणी गरे ।
उनले भने, ‘दुबै आन्दोलन नेपाल र नेपालीका लागि समय अनुसार आवश्यकता थिए । तिनैका भरमा आज यो व्यवस्था सम्भव भएको हो । तर, जनयुद्ध दिवसका दिन जनयुद्ध र जनआन्दोलन दिवसका दिन जनआन्दोलन दिवस मनाएको भए नेता कार्यकर्ता सबैमा राम्रो पथ्र्यो । तर, आज एकै दिन दुबै शब्दलाई एउटै ब्यानरमा राख्नु राम्रो थिएन् ।’
त्यसो त पार्टी एकताको बेला तत्कालिन माओवादी कार्यकर्ताहरुले ‘एमाले हावी भएको’ भन्दै भंग गरेको राष्ट्रिय सभागृहको एकता घोषणा कार्यक्रमकै शृंखला अहिले पुनराबृत्ति भएको छ ।
जनयुद्ध दिवसको कार्यक्रममा तत्कालीन एमालेका नेता तथा कार्यकर्ताहरुले आफ्नो अरुचिका कारण जनआन्दोलन दिवस शब्द राखेर चित्त बुझाएको र जनयुद्ध दिवसका दिन जनआन्दोलन शब्दलाई संगै जोड्नु पर्दाको गरुङ्गो भारी बोकेरै भएपनि आफ्नो शसस्त्र क्रान्तिको संखघोष गरेको दिनलाई तत्कालीन माओवादीले विर्सन नसकेको प्रस्ट देखिएको तत्कालीन माओवादीका कार्यकर्ताहरु बताउँछन् ।
अर्का माओवादीका पुराना नेता शान्तिमान कार्कीले भने दुई पार्टीविचका पुराना तुष अझै नमेटीएकाले यस्तो अवस्था आएको हुन सक्ने आँकलन गरे ।
उनले भने, दुबै पार्टीमा विगतका केही तुषहरु अझै बाँकी छन् । तर, जनयुद्ध र जनआन्दोलन दुबै आवश्यक थिए । दुबै दिवस एकै पटक मनाएपनि जनआन्दोलन र जनयुद्धको मर्म विर्षदै  इतिहासलाई साथ छाड्दै जाँदा जनयुद्ध र जनआन्दोलनको मर्म मेटिदै जानु चै अत्यन्त दुखद पक्ष हो ।’
यसअघि पनि पटक पटक ब्यानरकै विषयमा नेताहरुबीच विवाद र मतभेद् देखिन्थ्यो । जुन अहिले पनि भएको छ । जुन कार्यक्रमको बारेमा तत्कालिन एमाले नेताहरुले खुलेरै विरोध जनाउँथे । आज त्यही ‘जनयुद्ध दिवस’ ‘डाइभर्ट’ भएर ‘जनआन्दोलन तथा जनयुद्धका सहिद’को सम्झनामा रुपान्तरण भयो ।
तर, नेकपामा नेता तथा सांसद प्रदिप कटवालले भने यो कार्यक्रम दुबै अध्यक्षको निर्णयबाट भएको बताए । ‘जनयुद्ध’भन्दा अगाडि जनआन्दोलनकी जनआन्दोलन भन्दा अगाडी जनयुद्ध भन्ने विषयमा विवाद गर्नु भन्दा पनि इतिहासको मर्मलाई बुझेर नेता तथा कार्यकर्ता सबैले काम गर्नु राम्रो हुन्छ,’ उनले भने ।


, ,

0 comments

Write Down Your Responses