Powered by Blogger.
सिन्धुलीमा तिन वर्षमा सडक दुर्घटनाका कारण १०१ जनाको मृत्यु

१३१ जना गम्भिर घाईते 

रोशन अधिकारी 
सिन्धुली,६ फागुन/ पछिल्लो तिन वर्षमा सिन्धुली जिल्लामा सडक दुर्घटनाका कारण १ सय जना भन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांङ्कले देखाएको छ । 
सोमवार आयोजित पत्रकार भेटगाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको तथ्यांङ्कले आर्थिक वर्ष २०७३।०७४ देखि आ.व २०७५।०७६ को हाल सम्म जिल्लामा सवारी दुर्घटनाका कारण १ सय १ जनाको मृत्यु भएको देखिएको हो ।
कार्यालयको तथ्यांङ्क अनुसार सोही अवधीमा सवारी दुर्घटनामा परी १ सय ३१ जना गम्भिर घाईते भएका छन् भने १ सय २८ जना सामान्य घाईते भएका छन् । तथ्याँङ्कको आधारमा हेर्दा दुर्घटनामा परी सवै भन्दाबढी पुरुषको मृत्यु भएको छ । तिन वर्षमा भएको सवारी दुर्घटनामा परी १५ जना महिलाको मृत्यु हुदाँ झन्डै त्यसको पाँच गुणाबढी ७८ जना पुरुषको मृत्यु भएको छ ।
महिलाको तुलनामा पुरुष बढी मात्रामा सवारी साधानमा यात्रा गर्ने भएकाले पनि सवारी दुर्घटनामा पुरुषको बढी मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले बताए । ‘आर्थिक वर्ष २०७३।०७४ मा २० जना पुरुष, ६ जना महिला, ५ जना बालबालिका, आर्थिक वर्ष २०७४।०७५ मा ३४ जना पुरुष, ३ जना महिला, ३ जना बालबालिका, आर्थिक वर्ष २०७५।०७६को हाल सम्म २४ पुरुष र ६ जना महिलाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ’ उपरिक्षक सिंहले भने ।
प्रहरी उपरिक्षक सिंहका अनुसार आर्थिक वर्ष २०७३।०७४ मा २ जना पुरुष, १७ जना महिला, ४ जना बालबालिका, आर्थिक वर्ष २०७४।०७५ मा ३२ जना पुरुष, १३ जना महिला, ६ जना बालबालिका, आर्थिक वर्ष २०७५।०७६ को हाल सम्म ४२ पुरुष र ८ जना महिला र ७ जना बालबालिकाका सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका छन् ।
तिन वर्षको दुर्घटनामा ग्रामीण, सहरी क्षेत्रमा भन्दा हाईवेमा बढी दुर्घटना भएको देखिएको प्रहरी उपरिक्षक सिंहले बताए ।
पछिल्लो तिन वर्षमा जिल्लाकै मुख्य सडकको रुपमा रहेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–दुम्जा सडक खण्डमा अत्याधिक दुर्घटना भएको उपरिक्षक सिंहको भनाई छ । ‘खुर्कोट –दुम्जा खण्डमा २५, भिमान–चियावारी खण्डमा ११, चियावारी–गढी खण्डमा ४ र गढी –खुर्कोट खण्डमा १ दुर्घटना भएको छ।’उनले भने ।
विपी राजमार्गमा साँगुरो बाटो, घुमाउरो, ठुलठुला भिर भएको र त्यसमा पनि  तिव्रगतिमा सवारी चलाउने गर्नाले यसक्षेत्रमा बढी दुर्घटना हुने गरेको उपरिक्षक सिंहले बताए ।
प्रहरीको तथ्याँक अनुसार तिन वर्षमा भएका दुर्घटनामा तिव्रगतिका कारण ९२ वटा सवारी दुर्घटना भएको छ भने चालकको लापर्वाहीका कारण ४७ जना दुर्घटना भएका छन् ।
सिन्धुली सहित पुर्वी तराईलाई राजधानीसँग जोड्ने छोटो दुरीको रुपमा रहेको विपी राजमार्गमा दैनिकजसो सवारी र्दुघटना भईरहेका हुन्छन् । दुर्घटना कम गर्न प्रहरीले लागु गरेको टाईम कार्ड, रिफ्रेस सेन्टरको प्रभावकारी कार्यान्वयन नहुदाँ र ट्राफिक नियमको राम्रोसँग पालना नगर्दा  विपी राजमार्गमा सवारी दुर्घटना बढ्दै गएको स्थानियहरु बताउछन् ।




,

0 comments

Write Down Your Responses