Powered by Blogger.
समता स्कुल निकेतनको दोस्रो बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

संगिता डिम्दोङ
सिन्धुली,८ फागुन । सिन्धुलीको कमलामाई नगरपालिका –६ रातमाटामा रहेको समता स्कुल निकेतनले बुधवार आफ्नो दोस्रो बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । समता स्कुल सिन्धुलीका प्रधानाध्यापक अप्सरा कार्कीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमका गर्दै बार्षिक उत्सव तथा अविभावक दिवस मनाएको हो । 

समता स्कुल निकेतनले सिन्धुली सहित देशका ७७ वटै जिल्लाहरुमा कक्षा १ देखि स्नाकोत्तर डिग्री सम्मको पढाईका लागि भर्ना गर्दा १ सय ५० रुपैयाँ र मासिक  १ सय शुल्यमा पढाउने गर्छ । 

समता स्कुल सिन्धुलीमा २०७३ सालमा स्थापना भएको हो । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै नगर प्रमुख खत्रीले समता स्कुलको लागि कमलामाई नगरपालिकाबाट सकेको सहयोग गर्ने बताए । समता स्कुल निकेतन २००१ सालमा गरिब व्यक्तिका छोराछोेरीको लागि उत्तम सन्जेलले स्थापना गर्नुभएको थियो । 
अहिले २०७५ सम्ममा ७७ वटै जिल्लामा स्थापना भई ४४ हजार बिद्यार्थीहरुले  अध्ययन गरिरहेको समता स्कुल निकेतनका केन्द्रिय निर्देशक दिपक सन्जेलले बताए । 

स्कुल स्थापना गर्दा एक सय रुपैयामा समता स्कुलमा पढाइ हुन्छ भन्दा धेरै अभिभावकले नपत्याएको, अभिभाबकहरु हिचकिचाउने गरेको तर विस्तारै अभिभावकले बुझेपछि स्कुलमा आफ्ना बालबालिका पढाउन ल्याउने अविभावक बढ्दै गएको प्रधानाध्यापक कार्कीले बताईन् ।

सो अवसरमा विधालयको विभिन्न गतिविधिहरुमा उत्कृष्टता हासिल गर्ने वालवालिकाहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुको हातबाट पुरस्कार समेत प्रदान गरिएको थियो ।

अहिले सो स्कुलमा बाल कक्षा देखि  २ कक्षा सम्ममा २ सय ९२ बिद्यार्थीहरु अध्ययन गर्दै आएका विद्यालयले जनाएको छ । कार्यक्रममा समता ट्रस्टका केन्द्रिय निर्देशक दिपक सन्जेल, व्यबस्थापक सुदर्शन पौडेल, समता बनेपा क्षेत्रिय प्रमुख प्रितम गुरागाई तथा अभिभावकहरुको  उपस्थिती रहेको थियो । 



,

0 comments

Write Down Your Responses