Powered by Blogger.
सिन्धुलीका दिल पौडेलले ल्याए ‘दिलको श्रृष्टि’


सिन्धुली १२, फागुन । कवि दिल पौडेलका ६ वटा कृतिमाथि गरिएका समालोचना सङग्रहीत पुस्तक ‘दिलको श्रृष्टि अध्येताको दृष्टि’ एक कार्यक्रमका माझ सिन्धुलीमा विमोचन गरिएको छ ।
जिल्लाको दुधौली नगरपालिका स्थित कमला बहुमुखी क्याम्पसमा दुधौली नगरपालिकाका नगरप्रमुख घनस्याम राउत र साहित्यकार बिनोद मन्जनले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
दुधौली नगरपालिका ७, कत्लेखोलाका समाजसेवी कवि दिल पौडेलले यसअघि सिर्जना गरेका ६ वटा कृतिहरु, अधुरो जिन्दगी (उपन्यास), केही नेपाली साहित्यिक कृतिहरुको अध्ययन (समालोचना), प्रजातन्त्र (हाइकू संग्रह, अचानो मन (गजल), कात्रोमा मेरो देश (कविता) र अतितका अवशेष (संस्मरण) ‘दिलको सृष्टि अध्येताको दृष्टि’मा समाबेस छन् ।
दुधौलीमा रहेको दुधौली साप्ताहिकले प्रकाशन गरेको उक्त ‘दिलको सृष्टि अध्येताको दृष्टि’ समालोचना साहित्यीक पुस्तकको विमोचन गर्दै नगरका प्रमुख राउतले कवी पौडेलका साहित्यले नेपाली साहित्यका क्षेत्रमा सिर्जनात्मक भुमिका निर्वाह गरेको भन्दै साहित्यीक पारखीहरुका लागि महत्वपूर्ण लेख पस्केको बताए ।
उनले भने, ‘दुधौलीमा साहित्यिक गतिविधि बढाउन साहित्यकार र साहित्यप्रति रुचि राख्नेहरुका लागि यस्तो कृतिले थप हौसला प्रदान गरेको छ । नगर क्षेत्रमा हुने कला र साहित्यिकका गतिविधिमा नगरपालिकाले सहयोग पु¥याउने छ ।’
उता पुस्तक विमोचन कार्यक्रममा साहित्यकार मन्जनले यस्ता साहित्यीक सिर्जनाहरुलाई हरेक विद्यालयहरुमा पुस्तकालय मार्फत संग्रहीत गरेर सहज अध्ययन गर्न सक्ने अवस्थाको सिर्जना गर्न मेयरसंग आग्रह गरे ।
          दुधौली नगर भित्रका स्रष्टाहरुका सिर्जनालाई प्रवद्र्धन गर्न दुधौली साप्ताहिकले प्रकाशन तथा विक्री वितरणमा सहयोग गर्ने उद्देश्यले पहिलो पटक कवी पौडेलको सिर्जनालाई प्रकाशनमा ल्याएको उक्त साप्ताहीकका सम्पादक दिपेन्द्र बुढाथोकीले जानकारी दिए ।
पुर्व शिक्षक देवि प्रसाद पराजुलीको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा कवी पौडेलको ‘दिलको सृष्टि अध्येताको दृष्टि’ कृति माथि २६ जना समालोचकले समालोचना गरेका थिए ।


, ,

0 comments

Write Down Your Responses