Powered by Blogger.
ट्रयाक्टरबाट खसी एकको मृत्यू


सिन्धुली, १२ फाल्गुण । सिन्धुलीको दुधौली नगरपालिका स्थित वडा नं.९ दुधौली बजारबाट ताउँखोला तर्फ जाने क्रममा ट्रयाक्टरबाट खसी  गम्भीर घाईते भएका दुधौली नगरपालिका ९ का ७० वर्षिय पाण्डे कुवरको उपचारको क्रममा सनिबार राति मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृतक पाण्डे सनिबार ना. ५ त ३८२९ नम्बरको ट्रयाक्टरबाट खसी घाइते भएका थिए । उनको उपचारको क्रममा मंगलमय अस्पताल मिर्चैया सिराहमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । घटना पछि ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान  कार्य भैरहेको प्रहरीले जनाएको छ ।


,

0 comments

Write Down Your Responses