Powered by Blogger.
शहीद आजादलाई बालुवाटारबाट सम्झदै नेकपा

सिन्धुली, १२ फाल्गुण । सिन्धुलीका कम्युनिष्ट आन्दोलनका होनाहार योद्धा शहीद ऋषिराज देवकोटा(आजाद)को ३८ औं स्मृति दिवस नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बालुवाटारमा विशेष कार्यक्रम गरी सम्झना, सम्मान र श्रद्धाञ्जली ब्यक्त गर्दै छ । 
तत्कालीन पञ्चायती शासकको विरूद्ध बुलन्द आवाज उठाउँदै जनताको मुक्तिका निम्ति संघर्ष गर्दै गर्दा तत्कालिन पञ्चायती सरकारले २०३७ साल फागुन १२ गते सिन्धुलीको भिमान नजिकैको जंगलमा आजादको हत्या गरेको थियो । 
शहीद ऋषिराज देवकोटा(आजाद) स्मृति प्रतिष्ठान कमलामाई नगरपालिका–९ भिमानले आज प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आजादको ३८ औं स्मृति दिवस तथा शहीद ऋषिराज देवकोटा(आजाद) नेपाली क्रान्तिका अभिमन्यू कृतिको लोकार्पण गर्न लागेको हो । कार्यक्रम ३ः३० मा सुरुवात हुने आयोजकले जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses