Powered by Blogger.
कहिले बन्छ ? आजादको जन्मघर ऐतिहासीक पर्यटकीय स्थल

गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा रहेको ऋषिराज देवकोटा(आजाद)को जन्मघर

सिन्धुली, फाल्गुण १२ । आजभन्दा १ वर्ष अगाडि सिन्धुलीका पुराना बामपन्थी नेता ऋषिराज देवकोटा(आजाद) को जन्म स्थलमै पुगेर सिन्धुली जिल्लाका सांसदहरुले आजादको जन्मघरलाई ऐतिहासीक पर्यटकीय स्थल बनाउने प्रतिबद्धता जनाएका थिए । उनीहरुको प्रतिबद्धताको आज झण्डै १३ महिना बितिसक्दा पनि कामले कुनै गति लिन सकेको छैन । 
सहिद क. ऋषिराज देवकोटा (आजाद) को जन्मघर सरक्षण समितिले २०७४ माघ ९ गते खुर्काेटमा आयोजना गरेको एक समारोहमा सिन्धुली तथा रामेछापबाट निर्वाचित वामगठबन्धनका सासदहरूले आजादको जन्मघरलाई संरक्षण र सम्बर्दन गर्न लाग्ने प्रतिबद्धता जनाएका थिए । 
गत आर्थिक बर्षमा पर्यटन मन्त्रालयबाट ४० लाख रुपैयाँ बजेट आएको भएपनि त्यसको अझै प्रभावकारी काम हुन नसकेको स्थानीयहरुको गुनासो छ । एक स्थानीयले भने, “सबै भन्दा ठुलो बिडम्बना त के छ भने गुरुयोजना बिनानै कामको सुरुवात भएको छ ।” पर्यटकीय स्थल निर्माण गर्ने भन्दै हचुवामा काम अगाडि बढाउनु राम्रो नभएको उनको भनाई थियो । 
सिन्धुली प्रतिनिधिसभा सांसद हरिबोल गजुरेल र गणेश पहाडीले कार्यक्रममा प्रतिबद्धता ब्यक्त गरेको भएपनि यस वर्षको निर्वाचन क्षेत्र बिकास कोषको रकम बिनियोजन नगरिदिएको संरक्षण समितिको गुनासो छ । स्थानीय तह गोलन्जोर गाउँपालिकाले समेत बजेट बिनीयोजन गरेको छैन । 
अघिल्लो बर्षको बजेटबाट काम भएको र यस वर्ष काम गर्नका लागी बजेट कतैबाट नआएकोले आफुहरु अन्यौलमा परेको ऋषिराज देवकोटा(आजाद) जन्मघर संरक्षण समितिका अध्यक्ष जगत बहादुर बस्नेतले बताए । 
कम्युनिष्ट राजनीतिमा लाग्दा लाग्दै तत्कालीन सरकारबाट १२ फागुन २०३७ मा देवकोटा सिन्धुलीको भिमान जंगलमा मारिएका थिए । 
देशमा नेकपाको दुई तिहाईको सरकार हुँदा शहीद ऋषि देवकोटा(आजाद) जस्ता नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेको ब्यक्तिहरुको सम्मान, सम्झना र श्रद्धाञ्जली औपचारिकतामा सिमित हुँदै जानु बिडम्बना रहेको नेकपाका एक नेता बताउछन । 


, , ,

0 comments

Write Down Your Responses