Powered by Blogger.
अग्नी पिडीत सुत्केरी महिलालाई मरिण गाँउपालिकाको सहयोग


सिन्धुली, २६ फाल्गुण । सुत्केरी अवस्थामा तातोका लागी अगेना नजिकै बस्दा सरीरमा आगोलागी भई पिडित भएकी मरिण गाउँपालिका वडा नं.१ की मसिना ठाडामगरलाई उनको उपचारको लागी मरिण गाउँपालिका कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।
आईतबार गाउँपालिका अध्यक्ष पानिराज बम्जन, उपाध्यक्ष संगीता माझी, नेकपा मरिण गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकी लगायत वडा अध्यक्षहरुको टोली पिडित ठाडामगरको घरमै पुगी ५० हजार रुपैयाँ आर्थिक सहयोग तथा खाद्ययान प्रदान गरेको मरिण गाउँपालिका वडा नं.२ का अध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए ।
आगलागीमा परि मसिना ठाडामगरको कम्मर भन्दा मुनिको भाग जलेको थियो । उनको उपचारका लागी काठमाण्डांै पठाउन मरिण गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको ब्यवस्था समेत गरिदिने भएको छ । मानवीय समवेदनामा गाउँपालिका गम्भीर भएको बताउँदै अध्यक्ष बम्जनले पिडित महिलाको उपचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
पिडित महिलाको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको थियो । परिवारले बाहिर उपचार गर्न लान नसकेपछि दुई साता अघि देखि घरेलु उपचारमा नै राखिएको थियो । गाउँपालिकाको आर्थिक सहयोग पाएपछि उनको उपचारका लागी काठमाण्डौं लगीने परिवारका सदस्यले बताएका छन । उनले गाउँपालिकाले आर्थिक सहयोग र सद्भाव ब्यक्त गरेकोमा गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधीलाई धन्यवाद समेत ब्यक्त गरे ।


, ,

0 comments

Write Down Your Responses