Powered by Blogger.
WINGER गाडि दुर्घटनामा ११ यात्री घाईते


सिन्धुली, २५ फाल्गुण । बीपी राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ बारामा सनिबार भएको WINGER गाडि  दुर्घटनामा १४ यात्री घाईते भएका छन ।
जनकपुरबाट काठमाण्डौं तर्फ जांदै गरेको ना ८ ख २८३२ नम्बरको WINGER गाडि आफै अनियन्त्रित भई सडकमा पल्टदा उक्त गाडिमा सवार १७ जना यात्री मध्ये १४ जना यात्री घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनेहरुमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा ४ बस्ने २९ बर्षिय आलोक ठाकुर, जनकपुर उपमहानगरपालिका–१३ का २० वर्षिय भास्कर चौबे, क्षिरेश्वरनाथ नगरपालिका– १ का  ३५ वर्षिय पुश्प कुमार साह,उनका छोरा ३ वर्षिय रघुनाथ साह, जनकपुर उपमहानगरपालिका–४ का ४८ वर्षिय अमान राजपुत, सोहि स्थानका २३ बर्षिय रबिराज साह घाईते भएका छन ।
त्यस्तै ललितपुर महानगरपालिका–२५ बस्ने ५१ वर्षिय कृष्ण प्र.आचार्य, उनको श्रीमती ४५ बर्षिय कल्पना पण्डित, धनुषा औरही गाउँपालिका–२ बस्ने २२ बर्षिय संजय कुमार यादब, जनकपुर उपमहानगरपालिका–११ बस्ने ३५ वर्षिय सिलादेबी शाह र धनुषा छिरेश्वर नगरपालिका–१ कि २० वर्षिय मिनु शाह घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गम्भीर घाईतेहरुलाई थप उपचारका लागी काठमाण्डौं पठाइएको र समान्य घाईतेहरुको खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।


,

0 comments

Write Down Your Responses