Powered by Blogger.
बचत तथा ऋण सहकारीको कार्यशाला गोष्ठी सम्पनन्


सिन्धुली । २६ फाल्गुण, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको आयोजनामा सहकारी मार्फत लघुबित्त तथा उद्यमशिलता विकास विषयक एकदिने कार्यशाला गोष्ठी आज सिन्धुलीमाढीमा सम्पनन् भएको छ ।
गोष्ठीको उदघाटन सभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रदेश सांसद बिनोद खड्काले सहकारीले देशको अर्थतन्त्रको विकास र जनताको जिवनस्तर परिवर्तनमा महत्वपूर्ण भुमीका निर्वाह गरेको बताउँदै आगामि दिनमा सहकारीलाई अझ ब्यवस्थित गर्दै सर्वसाधारण नागरिकहरुको पहुँचमा पु¥याउनु पर्नेमा जोड दिए ।
सांसद खड्काले सहकारी भित्र विकृतिहरु पनि रहेकाले त्यसको सुधार आवश्यक रहेको बताए । गरीबले सहज हिसाबले ऋण पाउनु पर्ने तथा सहकारीमा कार्यरत कर्मचारीहरुले उचित पारिश्रमिक पाउनु पर्नेमा समेत जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले सहकारीसँग रहेको करोडौं पैसालाई उत्पादनसँग जोडेर लैजानु पर्नेमा जोड दिए । धनाढ्यहरु मात्र सहकारीमा आवद्ध हुने गरेको बताउँदै खत्रीले सहकारीलाई गरीबहरुको पहुँचमा पु¥याउनु पर्ने बताए । उनले सहकारी क्षेत्रमा रहेका विकृतिहरुको अन्त्यका लागी नगरपालिका कार्यालयले कडा कदम चाल्ने समेत बताए ।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था लिमिटेडका केन्द्रिय उपाध्यक्ष परितोष पौडेलले वित्तिय शिक्षा, ब्यवसायीक शिक्षा र सास्कृति शिक्षाको विकासले मात्र आर्थिक विकास र जिवन स्तरमा परिवर्तन ल्याउन सक्ने बताउँदै सरकारले सहकारीहरुसँग सहकार्य गरी अगाडि बढ्नु पर्नेमा जोड दिए । नेपालका विभिन्न क्षेत्रका ३१ हजार ८ सय ७४ सहकारीहरुमा ५० लाख ७७ हजार भन्दा माथि सदस्यहरु आबद्ध भएकाले सरकारको परिवर्तनको अभियानलाई एकैपटक सहकारी मार्फत लान सकिने बताए । उनले प्रत्येक सहकारीले उद्यमशिलतामा आधारीत काम सुरु गरेर सहकारी सदस्यहरुको जिवनस्तरमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।
साना पुँजिलाई कसरी उद्यमशिलतामा जोडि आर्थिक विकास र जिवनस्तरमा परिवर्तन ल्याउने भन्ने विषयमा गोष्ठीमा ब्यापक छलफल गरी योजना निर्माण गरीने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको ब्यवस्थापन जिल्ला बचत तथा ऋण सहकारी संघले गरेको थियो भने सह–आयोजन कमलामाई नगरपालिका कार्यालयले गरेको थियो ।


, ,

0 comments

Write Down Your Responses