अभिभावक शिक्षा तालिम सम्पन्न

मानव तथा राष्ट्रिय बिकास समाज(HANDS)नेपाल सिन्धुलीकाे अायाेजना, प्लान इन्टरनेशनल नेपालकाे साझेदारी तथा मरिण गाउपालिकाकाे संयाेजनमा गाउँपालिकाका वडा न ३/४ र ६ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेबिकालाई उक्त तालिम प्रदान गरिएकाे हाे ।
३ दिन सम्म चलेकाे तालिममा गाउँपालिकाका स्वास्थ्य सहसंयाेजक मधु लाखे, प्लान नेपालका स्वास्थ्य संयाेजक संझना शाह, heands नेपालका पबित्रा अालेमगर र सबिना दाहालले सहजिकरण गरेका थिए ।

अाइतबार तालिमकाे समापन समाराेहमा अाफ्नाे मनतब्य राख्दै गाउपालिका अध्यक्ष पानिराज बम्जनले बालबालिकाहरूकाे भबिश्य निर्धारण गर्ने अभिभावक शिक्षा महिला स्वास्थ्य स्वयमसेबिकाकाे काधमा अाएकाले जिम्मेवार बनेर काममा लाग्न अाग्रह गरे ।
0 comments
Write Down Your Responses