प्रेस यूनियन सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पनन्

चौलागाईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्बत चयन
सिन्धुली, २७ फाल्गुण । नेपाली काग्रेस निकट नेपाल प्रेस यूनियन जिल्ला शाखा सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सोमबार सिन्धुलीमाढीमा एक समारोह बीच सम्पनन् भएको छ ।अधिवेशनले यम चौलागाईको अध्यक्षतामा सर्वसम्बत रुपमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा पुष्कर थापा, अनिल भण्डारी, महिला उपाध्यक्षमा रमादेवी फुयाल, सचिबमा राजन परीयार, सह–सचिबमा सर्मिला खड्का र कोषाध्यक्षमा लक्ष्मणकुमार खड्का चयन भएका छन । त्यस्तै सदस्यहरुमा अर्जुन गजुरेल, प्रमिला कार्की, गंगाराम कार्की र सगुन रायमाझी रहेका छन ।
नेपाल प्रेस यूनियन जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बावुराम देवकोटाको अध्यक्षता तथा नेपाली काग्रेस सिन्धुलीका सभापति उज्जल प्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पनन् अधिवेशनले ९ जना संघीय पार्सद तथा १० जना प्रदेश पार्सदको समेत चयन गरेको छ ।

अधिवेशनको उदघाटन सत्रमा नेपाली काग्रेसका सभापति उज्जवल प्रसाद बराल, नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष इश्वरी ओझा, पुर्व सासद मोहन प्रसाद बराल, नेपाली काग्रेसका महासमिति सदस्य उपेन्द्र पोखरेल, जिल्ला सचिब दिपक घिमिरे, कृष्ण प्रसाद दाहाल लगायतले शुभकामना मनतव्य ब्यक्त गरेका थिए ।
0 comments
Write Down Your Responses