Powered by Blogger.
लैगिंकतामा आधारित हिंसा न्युनिकरण सम्बन्धि तालिम सम्पन्न

सिन्धुली,२८ फागुन । 
सरोकारवाला निकायहरुका लागी समुदायमा आधारित बाल संरक्षण प्रणाली,घटना व्यवस्थापन, मनोसामाजिक परामर्श तथा लैगिंकतामा आधारित हिंसा न्युनिकरण सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ । 

सामाजिक विकास कार्यक्रम सिन्धुलीको आयोजनामा संचालित ४ दिने तालिम सामाजिक विकास कार्यक्रम सिन्धुलीका अध्यक्ष रामधन माझीको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका संयोजक शंकरराज बर्माको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमका विच समापन गरिएका हो । 
कार्यक्रममा तिनपाटन, फिक्क्ल र गोलन्जोर गाउपालिकाका ३५ जना सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

तालिममा बाल अधिकारको परिचय, राष्ट्रिय तथा अन्तरािष्ट्रय कानुन सम्बन्धी जानकारी, समुदायमा आधारित बाल संरक्षण प्रणाली, बाल संरक्षण समितिको भुमिका तथा काम कर्तव्य र अधिकार, सिकाई प्रक्रियामा अभिभावकको भुमिका, महिला अधिकार विकास सम्बन्धमा भएका प्रयासहरु, लैंङ्गिक आवश्यकता,समता समानता संरक्षणवादी सिद्धान्त लगाएतका विषयमा प्रशिक्षण दिईएको आयोजकले जनाएको छ । 

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सिन्धुलीका संयोजक शंकरराज बर्मा, सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाई, शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेल लगाएतले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गरेका छन् ।  



, ,

0 comments

Write Down Your Responses