Powered by Blogger.
निर्माता तथा समाजसेवी सुवास गिरीद्धारा एम्बुलेन्स सहयोग



राजन लेकाली 
सिन्धुली ४, चैत्र । फिल्म निर्माता तथा समाजसेवी सुवास गिरीले आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको दुधौली नगरपालिका–५ को सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
फिल्म निर्माणसँगै विभिन्न व्यवसायमा आबद्ध गिरीले आफ्नो जन्मदिनको अवसरमा ‘सुवास फाउन्डेशन’ को शुभारम्भ गर्दै उक्त स्वास्थ्य चौकीलाई एम्बुलेन्स समेत हस्तान्तरण गरेका हुन् ।
सिन्धुलीको दुधौली नगरपालिकाका गिरी हाल काठमाण्डौमा विभिन्न व्यवसाय संचालन गर्दै आएका छन् । आफूले कमाएको १० प्रतिशत फाउन्डेसनमा जम्मा गर्ने र आफ्नो गृह जिल्ला सिन्धुलीका जनताको शिक्षा, स्वास्थ्य र खेलकुद तथा विकासको क्षेत्रमा सहयोग गर्ने समेत उनले वताए । 
फिल्म निर्माता गिरीले नोभेम्बर रेन , क्लासिक , पर्व र कृ जस्ता फिल्म निर्माण गरिसकेका छन् । 
नोटः एम्पुलेन्स हस्तारणको फोटो समाचारसँगै इमेलमा छ तस्विर÷राजन लेकाली, सिन्धुली 
  


,

0 comments

Write Down Your Responses