Powered by Blogger.
सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु

सिन्धुली, १ चैत्र ।  सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर शुक्रवार सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउपालिका ७ कानढुङग्रे स्थित सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर सुनकोशी गाउपालिका ६ खाल्टेका कुमार आछामीको छोरा बर्ष १७ को सन्दिप आछामीको मृत्यु भएको हो ।

सुनकोशी नदीमा डुबेर गम्भिर घाईते भएका आछामीलाई ईलाका प्रहरी कार्यालय खुर्कोका प्रहरीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारका लागी पठाएको थियो ।

आछामीको उपचारको क्रममा शुक्रवार दिउसो नै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले बताए । 

मृतक अछामि लगाएत अन्य ७ जना पौडि खेल्न गएकोमा सन्दिप अछामि सुनकोशी नदिमा डुब्दा मृत्यु भएको र अन्य सकुशल रहेको उनको भनाई छ । 


, ,

0 comments

Write Down Your Responses