Powered by Blogger.
सहमति कार्यान्वयनकाे माग गर्दै घ्याम्पेखाेला उत्खन्नमा स्थानियकाे राेक


सिन्धुली, ४ चैत्र । सुनकाेशी घ्याम्पेखाेलामा भईरहेकाे अबैध उत्खन्न बन्दकाे माग गर्दै संघर्ष गरिरहेका स्थानियहरूले उत्खन्नमा फेरिपनि अबराेध सिर्जना गरिदिएका छन ।
लामाे समय देखि संघर्षमा रहेका स्थानीय र कुशेश्वर महादेव एग्रिगेट स्टाेन प्रालि र मिलन डेभ्लयर्स क्रशर प्रालिसँग २०७३ माघ १० गते २१ बुदे सहमति भएकाे थियाे । सहमतिमा नियम अनुसार मात्र उत्खनन् गर्नु पर्ने, धुलाे धुवा नियन्त्रण गर्नु पर्ने, बिकृतजन्य ब्यवाहार गर्न नपाइने, त्यस क्षेत्रका ३ अाेटा बिधालयलाइ प्रति महिना १५/१५ हजारका दरले सहयाेग गर्नुपर्ने, माेटरबाटाे स्तर उन्नति तथा बस्ती संरक्षणका लागि बार्षिक ५ लाख रकम दिनुपर्ने सहमति भएकाे भएपनि ठेकेदारले उक्त सहमति कार्यान्वयन नगरेकाे भन्दै साेमबार फेरी स्थानियले काममा अबराेध सिर्जना गरेका थिए ।
साेमबार प्रहरी सहित पुगेका ठेकेदार र स्थानीय बिच भनाभन समेत भएकाे र स्थानियकाे तिब्र अाक्राेश पछि प्रहरी र ठेकेदार पछि हट्न बाध्य भएकाे स्थानियले बताएका छन ।
उता गाउँपालिका कार्यालयले भने अाब २०७५/७६ का लागि टेण्डर लगाइसकिएकाले नियम अनुसार उत्खनन् हुने र स्थानीयले राेक लगाएमा प्रहरी प्रशासन लगायरै पनि काम अगाडि बढाउने बताउदै अाएकाे छ । जनप्रतिनिधीहरू जनताका समस्या प्रति उतरदायी नबनेकाे र उल्टै प्रहरी प्रशासन लगाएर स्थानियकाे अभिमतलाइ बेवास्ता गरेकाे संघर्ष समितिकाे अाराेप छ । एक स्थानियले भने, सहमतिमा हस्ताक्षर गर्नेहरू अहिले जनप्रतिनिधी बनेका छन, कार्यान्वयन गराउने ठाउमा छन तर पनि बेवास्ता गरिरहेका छन । हामीले कुरा बुझ्न सकेका छैनाैं ।,



, ,

0 comments

Write Down Your Responses