Powered by Blogger.
रेडियो बिजयकिल्लाले होली विशेष कार्यक्रम गर्दै होली पर्व मनायो (फोटो फिचर)

सिन्धुली,६ फागुन 
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज सिन्धुली सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होलीको अवसरमा रेडियो बिजय किल्ला ९३.० मेगाहर्जले विहान होली विशेष कार्यक्रमको आयोजना गर्दै होली भव्यरुपमा मनाएको छ । 

सुचनाका लागी नागरिक अभियान सिन्धुलीद्धारा संचालित रेडियो बिजय किल्लाले एक आपसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ फागु पुर्णिमा अर्थात होली पर्व मनाएको रेडियोले बताएको छ । 

रेडियो संचालनक समितिका उपाध्यक्ष उद्धव प्रसाद दाहालको अध्यक्षतामा भएको होली विशेष कार्यक्रममा जिल्लाका प्रदेशसभा साँसद लेखनाथ दाहाल राजन, प्रदिप कटुवाल, प्रमुख जिल्ला अधिकारी ज्ञान बहादुर ढकाल, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, प्रहरी उपरिक्षक चक्र बहादुर सिँह, प्रहरी नायवउपरिक्षक लोकदर्शन थापा, जिल्लाका सरकारी कार्यालयका प्रमुख,गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी लगाएले होलीको शुभकामना दिएका छन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो बिजय किल्ला ९३ मेगाहर्जले गरेको थियो । 
फोटोहरु



, ,

0 comments

Write Down Your Responses