Powered by Blogger.
दोस्रो चौमासिक सकिनै लाग्दा पुजीगत बजेट ३५ प्रतिशत मात्रै खर्च

बुद्ध नेपाली, सिन्धुली, २१ फागुन । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिनै लाग्दा सिन्धुलीमा संघिय सरकारको तर्फबाट आएको पँुजीगत तर्फको बजेट ३५ प्रतिशत मात्रै खर्चको पाईएको छ । 

आर्थिक वर्ष २०७५।०७६ का लागी संघिय सरकारले जिल्लामा पठाएको कुल ९४ करोड २६ लाख १६ हजार बजेट मध्ये हाल सम्म ३३ करोड ५२ लाख ८७ हजार अर्थात ३५ दशमलब ६२ प्रतिशत मात्रै खर्च भएको हो । तर चालुगत तर्फ भने हाल सम्म ५२ दशमलब ६० प्रतिशत खर्च भएको छ । 

संघिय सरकारले पठाएको चालुगत तर्फको ६ अर्ब ६६ करोड ७७ लाख २८ हजार मध्ये ३ अर्ब ५० करोड ७१ लाख ४४ हजार अर्थात ५२ दशमलव ६० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ । 

संघिय सरकारले संघ अन्तरगत रहेका कार्यालय, स्थानिय तह र संघ अन्तर्गतका आयोजनाका लागी चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ९४ करोड २६ लाख १६ हजार बजेट पठाए पनि अहिले सम्म सोचे जसरी खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका कोष नियन्त्रक तथा सुचना अधिकारी सुरेश प्रसाद दाहालले बताए । 

संघिय सरकारले पठाएको बजेट मध्ये खर्च हुन बाँकी ६० करोड ७३ लाख २९ हजार  अवको चार महिनामा सक्नुपर्ने बाध्यता छ । सरकारले बजेट समयमै निकासा गरेपनि काम गर्नुपर्ने निकायले समयमै काम गर्न नसक्दा विकास बजेट कम खर्च भएको कोष नियन्त्रक दाहालको भनाई छ । 

‘ कार्यालयबाट निकासा भएको यो सवै रकम खर्च भएकै छैन । कति त सम्बन्धित निकाएकै खातामा थन्केर बसेको होला । सरकारले त समयमै बजेट पठाउछ तर हाम्रो काम गर्ने निकायको बजेट खर्च गर्ने तरिका गलत छ’ उनले भने । 

उनले बजेट खर्चको अवस्था वित्तिय खर्च मात्रै हेरेर भन्दा पनि भौतिक र वित्तिय दुवै अवस्था हेर्नुपर्ने बताए । जहिले पनि असार मसान्तमा धमाधम सम्झौता गर्दै विकास निर्माणको काम गर्ने गतल प्रवृत्तिका कारण पनि अहिले विकास बजेट कम खर्च भएको उनले बताए । 






, ,

0 comments

Write Down Your Responses