Powered by Blogger.
आगोलागी हुदाँ ४ घर जलेर नष्ट, ४४ लाख बराबरको क्षति

बुद्ध नेपाली, सिन्धुली,२९ फागुन । सिन्धुलीको तिनपाटन गाउपालिकामा बुधवार अपराह्न आगोलागी हुदाँ चार घर पुर्णरुपमा जलेर नष्ट भएको छ । 

आगो लागीका कारण झन्डै ४४ लाख बराबरको क्षति भएको छ । अचानक लागेको आगोका कारण तिनपाटन गाउपालिका वडा नं.७ भञ्झ्याङ्गका ज्ञान बहादुर सार्की, टिका बहादुर सार्की, हित बहादुर श्रेष्ठ र टेक बहादुर सार्कीको घर पुर्णरुपमा जलेर नष्ट भएको हो । 

आगो लागीका कारण ज्ञान बहादुर सार्कीको खरले छाएको २ तल्ले कच्चि घर, घरभित्र रहेको अन्नपात, भांडाबर्तन र लत्ताकपडा गरी जम्मा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

त्यस्तै टिका बहादुर सार्किको १ तल्ले कच्चि घर (किराना पसल रहेको) र नगद २ लाख रुपैया, भांडाबर्तन, लत्ताकपडा किराना पसलमा रहेको सम्पुर्ण सामान लगायत अन्दाजी .१५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिए ।

हित बहादुर श्रेष्ठको जस्ताले छाएको २ वटा २ तल्ले कच्चि घर र २ वटा खरले छाएको गोठ पुर्ण रुपमा जलि नष्ट हुंदा घरमा रहेको २ तोला सुन,१ लाख ७५ हजार नगद,१ वटा बाख्रा २ वटा पाठा र ५ वडा कुखुरा गरी अन्दाजी २२ लाख ५० हजार बराबरको क्षति भएको उनको भनाई छ ।

त्यस्तै टेक बहादुर सार्कीको खरले छाएको २ तल्ले कच्चि घर र घर भित्र रहेको लत्ता कपडा अन्नपात,भाडाबर्तन गरी अन्दाजी २ लाख बराबरको क्षति भएको उनले बताए । 

प्रहरी, स्थानियको सहयोगमा अहिले आगो नियन्त्रणमा लिएको उनको भनाई छ । 



, ,

0 comments

Write Down Your Responses