Powered by Blogger.
हरिहरपुरगढी प्रथम गोल्डकप मंगलवार देखि सुरु



बुद्ध नेपाली, सिन्धुली,२८ फागुन । 
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउपालिकामा मंगलवार देखि हरिहरपुरगढी प्रथम गोल्डकप प्रतियोगीता सुरु भएको छ । हरिहरपुरगढी गाउपालिकाको आयोजनमा सुरु भएको प्रतियोगीताको एक समारोहका विच पुर्व कृषि मन्त्री तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य हरिबोल प्रसाद गजुरेलले उद्घाटन गरेका हुन् ।

गोल्डकपमा सिन्धुलीका हरिहरपुरगढी, मरिण गाउपालिका सहित छिमेकी जिल्ला महोत्तरी, सर्लाही, मकवानपुरका गरी १६ वटा समुहले सहभागीता जनाएका छन् । 

गाउपालिकाको खेलकुद क्षेत्रको विकास गर्न तथा खेलाडीको वृद्धि विकासका लागी हरिहरपुरगढी गाउपालिकाले प्रथम गोल्डकपको आयोजना गरेको गाउपालिकाका अध्यक्ष कारसाङ लामाले बताए । गोल्डकपले एक आपसमा सद्भाव साटासट गर्न थप मद्धत पुग्ने अध्यक्ष लामाको विश्वास छ । 

उद्घाटन खेलमा आयोजक ‘ए’ समुह विजयी 
नकाउट चरणमा हुने प्रतियोगीताको उद्घाटन खेलमा मंगलवार एक खेल सम्पन्न भएको छ । उद्घाटन खेलमा मरिण गाउपालिकाको युनाईटेड युवा क्लवलाई पराजित गर्दै हरिहरपुरगढी गाउपालिकाको ‘ए’ समुहले विजयी सुरुवात गरेको छ । 
हरिहरपुरगढी गाउपालिकाको ‘ए’ समुहले युनाईटेड युवा क्लवलाई टाईब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको गाउपालिका अध्यक्ष लामाले जानकारी दिए । 

निकै प्रतिस्पर्धात्मक खेल खेलाका यी दुई समुहले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको हो । गोल्डकप विजेताले २ लाख, उपविजेताले १ लाख नगद पुरस्कार सहित ट्रफि तथा प्रमाणपत्र हात पार्ने छन् । 

गोल्डकपको उद्घाटन समारोहमा सिन्धुलीका प्रदेशसभा साँसद विनोद खड्का, बुद्धिमान माझी, हरिहरपुरगढी गाउपालिकाका जनप्रतिनिधि, मरिण गाउपालिकाका जनप्रतिनिधि, छिमेकी जिल्लाका स्थानिय तहका जनप्रतिनिधि लगाएत खेल प्रमी दर्शकहरुको उपस्थिती रहेको गाउपालिका अध्यक्ष लामाले बताए । 


,

0 comments

Write Down Your Responses