Powered by Blogger.
गर्मीयाम बढेसँगै सिन्धुलीमा आगोलागीका घटना बढ्न थाले

सिन्धुली,१ चैत । गर्मीयाम लागेसँगै सिन्धुलीमा आगो लागीका घटना बढ्न थालेका छन् । एक हप्ताको अवधीमा दुई ठाउँमा आगो लागी भई ६ घर, ४ गोठमा तथा केही पशुचौपायको मृत्यु भएको छ । शुक्रवार सुनकोशी गाउपालिका ५ हाईडाडामा आगो लागी हुदाँ एक घर नष्ट भएको छ भने एक गोठ र एक भैँसी जलेर मत्यु भएको छ । 

सुनकोशी गाउपालिका ५ का ३८ बर्षका अर्जुन थापाको गोठमा कुडो पकाउनेक्रममा अचानक आगो लागी भई सँगै रहेको घरमा समेत आगो सल्कदा घर जलेर नष्ट भएको हो । घरभित्र रहेको सम्पुर्ण भांडा बर्तन, लत्ताकपडा, अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

आगोलागीबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिए । 

गत फागुन २९ गते सिन्धुलीको तिनपाटन गाउपालिकामा बुधवार अपराह्न आगोलागी हुदाँ चार घर पुर्णरुपमा जलेर नष्ट भएको थियो । 

आगो लागीका कारण झन्डै ४४ लाख बराबरको क्षति भएको छ । जनचेतनाको अभाव र स्थानीयको हेलचेक्र्याइँका कारण सिन्धुलीमा वर्षे्नि वनजंगलमा तथा घर गाउँ बस्तीमा हुने आगोलागीका घटनामा वृद्धि हुँदै गएको छ । 



, ,

0 comments

Write Down Your Responses