Powered by Blogger.
पोल्ट्र«ी फर्म वर्कर तालिम र प्लम्बर तालिम सुरु

सिन्धुली,१ चैत । सिन्धुलीको कमलामाई नगरपालिका –६ नुनथालामा शुक्रवार देखि पोल्ट्र«ी फर्म वर्कर तालिम र प्लम्बर तालिम सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद ३ नं. प्रदेश हेडौंडाको अनुदान सहयोग तथा कमलामाई नगरपालिका सिन्धुलीको समन्वयमा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको आयोजनामा तालिम सुरु भएको हो । 

तालिमको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले तालिममा सिकेका सिपको सहि सदुपयोग गर्नुपर्ने भन्दै तालिममा सिकेका सिपको सदुपयोग गर्नका लागी आवश्यक पर्ने सवै किसिमको सहयोग गर्न नगरपालिका तयार रहको बताए । कुनै पनि तालिम लिएका व्यक्तिले दक्ष हुने गरी तालिम लिनुपर्ने र तालिममा सिकेका सिपको  प्रयोग गर्दा मात्रै तालिम प्रभावकारी हुने बताए । 
६५ दिन सम्म संचालन हुने पोल्ट्र«ी फर्म वर्कर तालिममा २० जना र प्लम्बर तालिम २० जना गरी ४० जना सहभागी हुने सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका प्रमुख अम्मर दिप देवकोटाले जानकारी दिए । दलित, महिला, जनजाती लगाएत समुदायका व्यक्तिहरु तालिमा सहभागी गराईको उनले बताए ।  

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको आयोजनामा चैत्र १० गते देखि दुधौली नगरपालिकामा जुनियर इलेक्ट्रीसियनको तालिम संचालन गरिने उनले जानकारी दिए । 



, ,

0 comments

Write Down Your Responses