Powered by Blogger.
महिलाले उत्पादन गरेका सामाग्रीको प्रदर्शनी

बुद्ध नेपाली , सिन्धुली,२४ फागुन 
सिन्धुलीको दुधौली नगरपालिकामा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शनी गरिएको छ । 
दुधौली नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा दुई दिने प्रदर्शनी मेलाको आयोजना गर्दै स्थानिय महिला उद्यमीद्धारा निर्मित सामाग्रीहरुको प्रदर्शनी गरिएको हो । प्रदर्शनी मेलाको नगरपालिकाका मेयर घनश्याम राउतले उद्घाटन गरेका हुन् । 

शुक्रवार सम्म चल्ने मेलामा दुधौली नगरपालिकाका १४ वटै वडाका महिला उद्यमीहरुले स्थानिय बस्तुबाट उत्पादन गरेको सामाग्रीहरु स्टलमा राखिएको छ । 

नगरपालिकाको १४ वटै वडाका महिलाहरुले उत्पादन गरेका बासका सामाग्री डोको, डालो, टोकरी, सृंगारका सामाग्री, तरकारी, ढाकाका कपडा, ढाकाका टोपी लगाएतका सामाग्रीहरुको स्टल राखिएको दुधौली नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाअध्यक्ष रितेश राउतले बताए । 

नगरपालिकाका उद्यमी महिला, महिला समुह, सहरकारी लगाएतले आफ्ना सामाग्रीहरु प्रदर्शनमा राखेका उनको भनाई छ । 

महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रवद्र्धन गर्न र उनीहरुलाई थप उत्साहीत बनाइ उद्यमशिल बनाउनका लागी मेलाको आयोजना गरिएको उनले बताए । 

यस्ता मेलाहरुले महिलालाई उद्यमी बन्न प्रेरणा मिल्ने उनको विश्वास छ । 



, ,

0 comments

Write Down Your Responses