Powered by Blogger.
सिद्धस्थली बोर्डिङ मन्टेश्वरीका बालबालिका दिक्षित


सिन्धुली २४, फागुन । सिद्धस्थली इङलिस बोर्डिङ स्कुल पूर्व प्राथमिक तहका १ सय ३८ जना बालबालिकाहरु शुक्रबार दिक्षित भएका छन् । कमलामाई नगरपालिका ६ मा रहेको सिद्धस्थली मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरु यसरी दिक्षित भएका हुन् ।
उच्च शिक्षाको अध्ययनपछि प्रायः दिक्षान्त भई सम्मान र प्रमाणपत्र पाउने परम्परा भएपनि सिद्धस्थली माविले सञ्चालन गरेको सिद्धस्थली मन्टेश्वरीका विद्यार्थीहरुलाई भने जिल्लामै पहिलोपटक कक्षा एकमा भर्ना हुन पाउने गरी दिक्षित गर्दै सम्मान गरिएको हो ।
विगत तिन वर्षदेखि जिल्लामै नमुना  मन्टेश्वरी कक्षा सञ्चालन गर्दै आएको विद्यालयले गत वर्ष मन्टेश्वरी कक्षा पुरा गरेका ७१ जना र यस वर्ष मन्टेश्वरी कक्षा पुरा गरेका ६७ जना गरी १ सय ३८ जना बालबालिकाहरुलाई दिक्षित गरिएको हो ।
विद्यालयका प्रिन्सीपल ओम प्रधान र मन्टेश्वरी कक्षाका कोआडीनेटर शिक्षा ढकालले विद्यालयमा शुक्रबार आयोजित एक भब्य कार्यक्रमका विच दिक्षान्त मन्त्र सहित प्रमाणपत्र प्रदान गरेका हुन् ।
विद्यालयमा अध्ययनरत पूर्व प्राथमकि तहका बालबालिकाहरुले मन्टेश्वरी शिक्षा अन्तरगत नर्सरी देखि एसकेजी कक्षा सम्मको शिक्षा पुरा गरेपछि कक्षा एकमा भर्ना हुने गरी प्रमाणपत्र, टोपी र दिक्षित पोषाकले सम्मान गरिएको प्रिन्सीपल प्रधानले जानकारी दिए ।
‘विद्यालय भर्ना हुने उमेर समुहका बालबालिकाहरुलाई उनिहरुको रुचि अनुसारको व्यवहारीक शिक्षा तथा भयरहित शिक्षाका माध्ययमबाट पठनपाठन गराउँदा बालबालिकाहरुमा सिक्ने इच्छाशक्ति बृद्धि हुँदै जाँदा आफ्नो विद्यालयको मन्टेश्वरी कक्षा प्रभावकारी हुँदै गएकाले बालबालिकाहरुको हौसलाका लागि यस्तो दिक्षान्त समारोहको आयोजना गरिएको हो,’ उनले भने ।
दिक्षान्त समारोहमा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको सिद्धस्थलीले मन्टेश्वरीका बालबालिकाहरुलाई दिक्षित गरेर माथिल्लो कक्षाको शिक्षा आर्जनमा हौसला प्रदान गरेको बताए ।
उनले नगरले बद्लिदो समयलाई मध्यनजर गर्दै प्रतिस्पर्धी शिक्षामा जोड दिएकोले आगामी शैक्षिक शत्रबाट स्थानीय पाठ्यक्रम तयार गरेर विद्यालयको पूर्व प्राथमिक तहदेखिनै व्यवहारीक शिक्षा प्रदान गर्नलागेको उल्लेख गरे ।
‘उच्च तह अध्ययन गर्ने विद्यार्थीहरुले जिल्लाको ऐतिहासिक, धार्मीक र सांस्कृतिक पहिचानका बारेमा भन्नै नसक्नु दुःखद पक्ष हो । यसलाई मध्यनजर गर्दै अवको स्थानीय पाठ्यक्रममा जिल्लाको पहिचान गराउने विषय बस्तु सहित तयार पारिने छ,’ उनले भने ।
कार्यक्रममा जेनियस एकेडेमिका सिइओ कमल सिलवालले आज रुपमान्तरण सहितको शिक्षाको आवश्यकता भएकाले मन्टेश्वरी कक्षाले त्यस्तो शिक्षा दिने स्पष्ट पारे ।
उनले भने, ‘विद्यालयको बोर्डमा मात्रै मन्टेश्वरी लेख्ने अनि कक्षा भित्र मुन्टेश्वर, कन्ठेश्वर र डन्ठेश्वर हुने परम्पराको अन्त्य गर्दै विद्यार्थीलाई झोला र कितावको भारी बोकाउनु भन्दा पनि गरेर सिक्न सक्ने शिक्षा मन्टेश्वरीले दिनु पर्छ त्यो सिद्धस्थलीमा पाइएको छ ।’
पछिल्लो चरणमा मन्टेश्वरीका नाममा चर्को शुल्क लिने, बालबालिकाहरुलाई चरम यातना दिने, डर त्रास देखाउने र जबरजस्त घोक्न लगाउने परम्परालाई अन्त्य गर्दै जिल्लामै नमुना मन्टेश्वरी सञ्चालन हुँदा आफ्ना बालबालिकाहरुले सहजै रुपमा सिक्न पाएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरे ।
आफ्ना बालबच्चाहरु पहिला विद्यालय जानै मान्दैन थिए । तर, सिद्धस्थलीको मन्टेश्वरीमा भर्ना गराएपछि विद्यालय शिक्षा संगै ब्यवहारीक ज्ञान र अतिरिक्त क्रियाकलाप सिक्न सफल भएको आफ्ना बालबालिका दिक्षित भएपछि खुसी व्यक्त गर्दै अभिभावकहरुले प्रतिक्रिया दिए ।
२०४९ सालमा स्थापना भएको सिद्धस्थली माविले गएको तिन वर्षदेखि राजधानी काठमाण्डौंका सफल मन्टेश्वरी सञ्चालकहरुसंगको सहकार्यमा मन्टेश्वरी कक्षा सञ्चालन गर्दै आएको छ । दैनिक रुपमा १० जना अनुभवी शिक्षकहरुले मन्टेश्वरी कक्षाका बालबालिकाहरुलाई शिक्षण गर्ने विद्यालयका प्रिन्सीपल प्रधानको भनाई छ ।
विद्यालयले मन्टेश्वरीका बालबालिकाहरुका लागि ८ लाख रुपैयाँ बढीको लागतमा ल्याव तथा सोहीको हाराहारीमा लगानी गरी खेल्ने सिक्ने सामाग्रीको व्यवस्थापन गरेको छ ।
दिक्षान्त समारोहमा बालबालिकाहरुले आफुहरुले मन्टेश्वरी कक्षामा सिकेका गित, नृत्य, रायन्स, खेललगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।


, ,

0 comments

Write Down Your Responses