Powered by Blogger.
दुधौली नगरपालिका पुर्णखोप नगर घोषणा

बुद्ध नेपाली, सिन्धुली,२४ फागुन
सिन्धुलीको दुधौली नगरपालिका पुर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । दुधौली नगरपालिकामा विहीवार पुर्णखोप घोषणा कार्यक्रमको आयोजना गर्दै नगरपालिकालाई पुर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । 

नगरपालिकाका १ हजार ४ सय ५१ जना अर्थात ९२ प्रतिशत बालबालिकाले खोप लगाए पछि विहीवार एक कार्यक्रमका विच पुर्णखोप सुचिश्चितता नगर घोषणा गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष रितेश राउतले जानकारी दिए । 

नगरपालिकाका मेयर घनश्याम राउतको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज बर्मा तिवारीको प्रमुख आतिथ्यतामा घोषणासभाको आयोजना गर्दै नगरलाई पुर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । 

नगरपालिकाका १५ महिना सम्मका सवै बालबालिकाहरुलाई बिसिजी, लहरेखोकी, भ्यागुते रोग, धनुष्टंकार, हेपटाइटीस्, निमोनिय लगाएतका ११ वटा खोप लगाएपछि नगरपालिकालाई पुर्णखोप सुनिश्चितता नगरपालिकाको रुपमा घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिलकेश्वर यादवले बताए । नगरपालिकाले २६ वटा खोप केन्द्र संचालन गर्दै बालबालिकाहरुलाई खोप लगाउदै आएको छ । 

त्यस्तै नगरपालिकाले ६० बर्ष उमेर पुगेका २८ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई नगद २० हजार पुरस्कार दिदै सेवाबाट विदा गरेको छ । 


, ,

0 comments

Write Down Your Responses