Powered by Blogger.
कमलामाई नगरपालिकाले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय महिला दिवस मनाउने

संगिता डिम्दोङ, सिन्धुली,२१ फागुन सिन्धुलीको कमलामाई नगरपालिकाले १०९ औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । 

कमलामाई नगरपालिकाको आयोजना तथा जिल्लाका विभिन्न गैरसरकारी संघसंस्थाको साझेदारीमा ३ दिनसम्म महिला सचेतना सम्बन्धि विभिन्न कार्यक्रम गरी दिवस मनाईने कमलामाई नगरपनलिकाका उपप्रमुख मन्जु देवकोटाले बताईन । 

हक, अधिकार बाट कोहि पनि महिला बन्चित हुनु नपोरोस भन्ने उदेश्यले फाल्गुण २४ गते पर्ने अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको उनले बताईन । 

नगरपालिकाले यही फागुन २२ नेपाल महिला संघको संयोजनमा मुलुकी देवानी(संहिता) ऐन सम्बन्धमा अन्तरक्रिया, २३ गते सहकार्य नेपालको संयोजनमा न्यायीक सम्पादन तथा मेलमिलाप सम्बन्धी क्षमता विकास कार्यक्रम गर्ने भएको छ । 

फागुन २४ गते दिवसमा दिन ¥याली, रेडियो कार्यक्रम, वक्तित्वकला, नृत्य प्रतियोगिता, हाजिरी जबाफ प्रतियोगिता, सडक नाटक पदर्शन लगाएतका कार्यक्रमको आयाजना गरेको उनले बताईन् । 

महिला जागरुकताको दिवसका रुपमा हेरीने अन्तराष्ट्रिय महिला दिवस आगामी फागुन २४ गते ‘लैगिक समानताका लागी समान सोच, व्यवहार र समृद्धिको आधार’ भन्ने नाराका साथ मनाईदै छ । 


,

0 comments

Write Down Your Responses