Powered by Blogger.
सिन्धुलीको फिक्कलमा बस र सुमो ठोक्कीदा ६ घाईते


सिन्धुली, २३ फाल्गुण । सिन्धुली फिक्कल गाउँपालिका वडा न–५ स्थित मध्य पहाडि लोकमार्ग अन्तर्गत झगरे भन्ने स्थानमा काठमाण्डौंबाट ओखलढुङगा तर्फ जांदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र बिपरित दिसाबाट आईरहेको ना १ ज ७०९४ नम्बरको सुमो एक आपसमा ठक्कर खाँदा सुमोमा सवार ६ जना यात्री घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईते हुनेहरुमा सोलुखुम्बु जिल्ला लेले गाउँपालिका वडा न–१ बस्ने बर्ष ८० की देउ कुमारी खत्रि सोहि ठाउँकी ३८ बर्षिय कृष्ण कुमारी खत्री, सोलुखुम्बु मुगरी गाउँपालिका–३ की २२ बर्षिय धन कुमारी सार्की, सोलुखुम्बु थोलुङग गाउँपालिका–१ की ४५ बर्षिय जाङ्म्मु शेर्पा, निजको छोरा ३ वर्षिय साङ्गे शेर्पा र सुमोका चालक सिन्धुपाल्चोक लिसङखु गाउँपालिका–५ का २४ बर्षिय राजेन्द्र बानिया घाईते भएको जनाइएको छ ।
घाईतेहरुको अवस्था समान्य रहेको र उनीहरुको उदयपुर घुर्मी स्थित आस्था लाईफ केयर सेन्टरमा उपचार भईरहको प्रहरीले बताएको छ । बसका चालक फरार रहेको र बस तथा बसका मालिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


, ,

0 comments

Write Down Your Responses