Powered by Blogger.
समता स्कूल प्रति विद्यार्थीको आकर्षण बढ्दो


बुद्धकुमार आछामी 
सिन्धुली, ५ बैशाख । गरिब तथा न्यून आयश्रोत भएका विद्यार्थीलाई न्यून शुल्कमा शिक्षा दिएर प्रख्यात भएको समता स्कूलको शाखा सिन्धुलीमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढेको छ ।
न्यून शुल्कमा अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेपछि स्कूलमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको हो । 
निकै सस्तोमा नयाँ विधि र अंग्रेजी माध्यमबाट पठन–पाठन हुने भए पछि छोरीलाई समता स्कुलमा भर्ना गरेको अभिभावक गोपाल श्रेष्ठले बताउनु भयो । सामुदायिक विद्यालयहरुले पनि शुल्क लिन थालेपछि गुणस्तरीय शिक्षाका लागि छोरीलाई समता स्कूलमा भर्ना गरेको उहाँले बताउनुभयो । 
निजी स्कूलमा पढाउन सकिन्न, सरकारीले पनि शुल्क लिन थालेका छन् । उहाँले भन्नुभयो, सरकारीको भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा पाउने भएपछि समतामै छोरीको भर्ना गरेँ ।
नर्सरी देखी कक्षा ३ सम्म अध्ययन हुने समता स्कूलमा नर्सरी देखी ३ कक्षा सम्म  दुुई सय ९२ विद्यार्थी अध्यन गरिरहेको विद्यालयकी प्रधानाध्यापक अप्सरा कार्कीले बताउनुभयो । 
स्कूलले विद्यार्थी भर्ना शुुल्क एक सय पचास र मासिक पढाइ शुुल्क एक सय रुपियाँ मात्र लिने गरेको छ । 
शुुल्क सस्तो भएकै कारण विद्यार्थी भर्ना चाँप बढेको र अब स्तरीय शिक्षा दिनु स्कूलको मुुख्य ध्येय रहेको प्रधानाध्यापक कार्कीले बताउनुभयो । प्रत्येक वर्ष कक्षा थप्दै लगी माध्यमिक तह सम्म एउँटै शुल्कमा अध्यन गराइने उहाँले जानकारी दिनुभयो । 
२०७३ देखी सञ्चालनमा आएको समता स्कुल सिन्धुलीले आफ्नै विद्यालय भवन समेत निर्माण गरेको र यस शैक्षिक सत्रबाट नयाँ भवनबा कक्षा सञ्चालन गर्ने तयारी गररहेको प्र.अ कार्कीले बताउनुभयो । 
देशभरीमा करीब ७७ जिल्लामा समताले विद्यालय संन्चालन गर्दै आएको छ । काठमाडौ उपत्यकामा पनि ‘समता’ ले विभिन्न ठाँउमा सेवा दिदै आएको छ । जसले कक्षा एक देखि स्नातकोत्तरसम्म महिनामा जम्मा १ सय रुपैयाँ मात्र शुल्क लिने गर्छ । नर्सरीदेखि स्नातकोत्तर तहसम्मको पढाई सञ्चालनमा ल्याएको ‘समता शिक्षा निकेतन’ ले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दै आएको छ । ‘समता’ नेपालमा मात्र नभई अन्य सार्क राष्ट्रहरूमा पनि सञ्चालित छ । 
पछिल्लो समयमा न्युन शुल्कमा उत्कृष्ट लोकप्रियता हासिल गर्न सफल यस विद्यालयले राम्रो नतिजा ल्याइरहेको तंथ्याङकले देखाउदछ । एकपछि अर्काे सफलता हासिल गरीरहेको समताले छिट्टै समताको नाममा अस्पताल पनि सन्चालनमा ल्याएको छ । न्युन शुल्कमा गरीब र न्युन आयस्तर भएका व्यक्तिका लागी अवसर बनिरहेको उक्त संस्थाले काठमाडौ स्थित बौद्दमा अस्पताल संचालनमा ल्याएको हो । ५० शैया रहेको उक्त अस्पतालले पनि जम्मा १०० रूपैयामा सेवा सुचारू गरेको छ ।
मंहगीले गाँजिदै गएको शिक्षा प्रणालीलाई समता फाउण्डेसनको यस्तो चुनौतीले सबै वर्गमा शिक्षा क्षेत्र प्रतिको आशक्तिलाई सहज रूप दिएको छ । जहाँ नर्सरी देखि स्नातकोतरसम्म पढ्ने विद्यार्थीहरू समान छन, सबै वर्गले एउटै छानमुनी पढ्न पाएका छन , समान सामाजिक पृष्ठभूमि साझेदारी गर्छन् अनि सबैभन्दा महत्त्वपूर्ण रूपमा उनीहरूको बराबरी रूपमा शुल्क तिर्छन् ।


, ,

0 comments

Write Down Your Responses