समाजवादी पार्टी, नेपाल सिन्धुलीद्धारा पाण्डेलाई कार्वाहीको माग

सिन्धुली, ३१ बैशाख । समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई गत आईतबार एभिन्यूज टेलिभिजनबाट प्रशारण हुने लाइभ अन्तर्वार्ताका क्रममा कार्यक्रम सञ्चालक सुशिल पाण्डेले मानमर्दन एंव अपमानित हुने ढंगले ब्यवहार गरेको भन्दै समाजवादी पार्टी, नेपाल सिन्धुलीले आज एक प्रेश विज्ञप्ती जारी गर्दैै कार्वाहीको माग गरेको छ ।
जिल्ला अध्यक्ष अरुण आलेद्धारा जारी प्रेश विज्ञप्तीमा भनिएको छ, “अपमानजनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि भएको यस्तो दुब्यर्वहारको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं । यस घटना प्रति दुःख ब्यक्त गर्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहान्छौं ।”
उक्त पार्टीले बिज्ञप्ती मार्फत आफ्नो पार्टी र अध्यक्षले मिडिया जगत र प्रेश स्वतन्त्रताको पक्षमा वकालत गर्दै प्रेश स्वतन्त्रता र मर्यादालाई सधै सम्मान गर्ने बताएको छ ।
बिज्ञप्तीमा उल्लेख छ, “पत्रकारीताको नाममा दुरब्यवाहार गर्ने सुशिल पाण्डेलाई दुरब्यवाहार÷गाली बेइजत आचारसंहिता अनुसार सम्बन्धीत निकायलाई कार्वाही गर्न समेत माग गर्दछौं ।”
0 comments
Write Down Your Responses