Powered by Blogger.
कृषकलाई घरघरमै प्राविधिक सेवा

 

सिन्धुली, ११ जेठ । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं–७ साविक तोश्रामखोला गाविसका किसानहरु यतिवेला निक्कै हर्षित छन । किनभने उनीहरुले घरघरमै पशु प्राविधिक सेवा पाएका छन ।
आर्थिक बर्ष २०७५÷७६ मा वडा कार्यालयबाट बिनियोजित २ लाख बजेटबाट औषधी उपचारका सामाग्रीहरु खरीद गरी वडा बासीहरुलाई घरघरमै प्राविधिक सेवा प्रदान गरिएको हो ।
वडा अध्यक्ष कमल बहादुर खपाङ्गी र तिनपाटन गाउँपालिका पशु शाखा प्रमुख जयन्त कार्कीको नेतृत्वमा वडाबासीहरुको घरघरमै पुगेर सेवा प्रदान गरिएपछि स्थानीयहरु हर्षित भएका हुन । स्थानीय कृषक घनश्याम समालले भने, “गाउँमा सरकार आएको अनुभुति बल्ल जनताले गरेका छन, घरघरमै पशुपक्षिको उपचार सेवा पाउनु निक्कै खुसीको कुरा हो ।” उनले वडा अध्यक्ष र पशु शाखा प्रमुखको कार्य प्रति धन्यवाद समेत ब्यक्त गरे ।
वडा अध्यक्ष कमलबहादुर खपाङ्गीले पशुपालन पकेट क्षेत्रको रुपमा आफ्नो वडालाई विकास गर्न र कृषकहरुलाई उत्साह थप्न वडाको तर्फबाट बजेट बिनीयोजन गरी घरघरमै औषधी उपचार तथा बन्धयाकरण सेवा प्रवाह गरेको बताए । कृषिको बिकासले नै वडालाई सबृद्ध बनाउने बताउँदै खपाङ्गीले आगामी आर्थिक बर्षमा वडालाई कृषि पकेट क्षेत्रको रुपमा घोषणा गरी बजेट तथा कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए ।
तिनपाटन गाउँपालिकाका १२ वडाहरु मध्ये हालसम्म ३ वटा वडामा मात्र पशु प्राविधिक कार्यरत छन जनशक्ति कम भएपनि किसानहरुको माग अनुसार प्राविधिक सेवा उपलब्ध गराइएको पशु शाखा प्रमुख जयन्त कार्की बताउछन । तिनपाटन गाउँपालिका भरि बाख्रापालन, बंगुरपालन, भैसीपालन, माछापालन, गाईपालन सहित ७५ वटा ब्यवसायीक कृषि फर्म सञ्चालित रहेको र उनीहरुको माग अनुसार शाखाले प्राविधिक सेवा उपलब्ध गराएको कार्कीको भनाई छ ।
आर्थिक वर्ष २०७५÷७६ मा पशु विकास कार्यक्रमका लागी विभिन्न् क्षेत्रमा अनुदान तथा प्राविधिक सेवाका लागी कुल ३६ लाख ६९ हजार पाँच सयँ रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जस अन्र्तगत बाख्राको खोर सुधारमा ४४ जना, बगुंरको खोर सुधारमा ३३ जना, युवा लक्षित बाख्रापालन अनुदान २२ जना, युवा लक्षित बंगुरपालन अनुदान ११ जना सहित कुल १ सय १० जना कृषकहरुलाई अनुदान बितरण गरिएको शाखा प्रमुख जयन्त कार्कीले जानकारी दिए ।


, ,

0 comments

Write Down Your Responses