Powered by Blogger.
दुई टाउके सरकारको अभिब्यक्ति असन्तुलीत - नेता पौडेल


बुद्धकुमार आछामी 
सिन्धुली, २५ बैशाख । नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रेस युनियन सिन्धुलीले शाखाले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दुई टाउँके सरकारको अभिब्यक्ति असन्तुलित भएको बताएका छन । 
बुधबारबाट सुरु भएको नेपाली काग्रेसको जागरण अभियानको लागी धनुषाको जनकपुर जाने क्रममा पौडेलले सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा भने, “ केपी र प्रचण्ड नेतृत्वको दुई टाउँके सरकारको अभिब्यक्ति असन्तुलीत छ ।, केपी ओलीका अभिब्यक्ति मान्छे नगन्ने खालको र प्रचण्डको अभिब्यक्त संकास्पद खालको देखिएको छ ।” नेता पौडेलले असन्तुलीत अभिब्यक्तिले जनतालाई संका पैदा गराएको बताए । 
पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको नीति तथा कार्यक्रम अलोकतान्त्रिक पद्धतीबाट पास गरेको बताए । प्रतिनिधिसभाको बैठकमा संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरी जवरजस्ती पास गरेको पौडेलको भनाई थियो । 
सरकार खराव सोच र अभिव्यक्तिमा अहङ्कारले ग्रस्त रहेको वताउदै ओली सरकारले देशलाई सही गन्तव्यमा पु¥याउन नसक्ने वताए । उनले भने“लथालिङ्ग देशको भताभुङ्ग चाल जसजसले लुट्छ उसउसैले खाला भने झै देशमा स्थानिय सरकार देखी केन्द्रिय सरकारसम्म आर्थिक राजनैतिक  अराजकता रहेको छ ।” पौडेलले बर्तमान सरकारमा तलदेखी माथि सम्म घोर राजनैतिक र आर्थिक अराजकता देखा परेको बताए । 
पौडेलले उपेन्द्र र बावुरामको पार्टी एकतासँगै ११ प्रदेशको विषय अगाडि सार्नु संविधान विरोधी विषय भएको बताउँदै उनीहरुले देशलाई अन्यौलतामा लान खोजेको आरोप समेत लगाए । उनले संविधान विरोधी गतिविधी र बर्तमान सरकारका राजनैतिक÷आर्थिक साथै सोच र चिन्तनमा आएको अराजकताको अन्त्य गर्न र नेपाली काग्रेसलाई सुदृढ गर्न जागरण अभियान सुरु गरेको बताए । 
पत्रकार सम्मेलनमा उपस्थिती नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री रामशरण महतले यो सरकारले जनतालाई सपनामात्र देखाएको बताए । उनले भने“निति तथा कार्यक्रम भनेको आगामी दिनमा गरिने कामको योजना भएता पनी सरकारले मैले यो गरे उ गरे भनेर आत्मा प्रसंशामात्र गरेको छ ।” उनले थपे, राष्ट्रपती, प्रधानमन्त्री तथा आफ्ना नेताका नाममा विभिन्न प्रचारमुखी कार्यक्रम मात्र गरिरहेको छ । महतले स्थानिय सरकार देखी केन्द्रिय सरकारसम्म काम गर्ने क्षमता नरहेको बताए, कर्मचारी अभाव, प्रशासनिक क्षमतामा कमी, प्राविधिक क्षममा कमी रहेका कारण कार्यान्वयनमा समस्या रहेको महतले वताए ।


, ,

0 comments

Write Down Your Responses