Powered by Blogger.
चालकहरुको स्वास्थ्य परिक्षण गर्दै ट्राफिक प्रहरी



सिन्धुली, ११ जेठ । सवारी दुर्घटना न्यूनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सडकमै सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ । 
बीपी राजमार्ग हुँदै आवत जावत गर्ने चालक र सह–चालकहरुको आखा तथा ब्लप्रेशर र सवारी साधनको यान्त्रीक अवस्थाको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
कमलामाई नगरपालिका, सिन्धुली जिल्ला अस्पताल र नेपाल रेडक्रश सोसाईटी सिन्धुलीको सहकार्यमा सञ्चालन गरिएको स्वास्थ्य परिक्षण शिविरमा सनिबार ९६ जना चालकहरुको आखा तथा ब्लडप्रेशर चेकजाच गरिएको जनाइएको छ ।
दुर्घटनाहरु चालक र सह–चालकको स्वास्थ्यमा हुने समस्याका कारण पनि हुने गरेकाले चालकहरुको स्वास्थ्य परिक्षणले दुर्घटनामा न्यूनिकरण आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बहादुर बस्नेत बताउछन ।  स्वास्थ्य परिक्षण सँगै सिन्धुली कलाघरसँगको सहकार्यमा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक सडक नाटक समेत प्रदर्शन गरिएको थियो । 
ट्राफिक प्रहरीको अभियानले दैनिक हजारौं सवारी साधन आवज जावत हुने विपी राजमार्गमा पछिल्लो समय दुर्घटनामा न्यूनिकरण आएको छ । सडक दुर्घटनालाई शुन्य बनाउन नसकिएपनि न्यूनिकरण गर्ने अभियान प्रभावकारी ढंगले सञ्चालन गरिरहेको सिन्धुली ट्राफिक प्रहरीको दावि छ । 



,

0 comments

Write Down Your Responses