Powered by Blogger.
अनुगमन र भ्रमणकै लागी करोडौं खर्च


बुद्धकुमार आछामी 
सिन्धुली, २४ बैशाख । सिन्धुलीका विभिन्न् स्थानीय तहहरुले अनुगमन÷मुल्याङकन तथा भ्रमणको नाममा करोडौं रकम बिनियोजन तथा खर्च गरेका छन । 
स्थानीय तहको आर्थिक वर्ष २०७५/७६ को निती, कार्यक्रम तथा बजेट अनुसार नौ वटा स्थानीय तहले ३ करोड ७ लाख रुपैयाँ अनुगमन÷मुल्याङकन÷भ्रमण तथा कर्मचारी सरुवा भ्रमणका लागी बिनियोजन गरिएको छ । 
बिनीयोजित बजेट अनुसार हरिहरपुरगढी गाउँपालिका कार्यालयले सबैभन्दा बढी ५५ लाख रुपैयाँ योजना अनुगमन तथा पदाधिकारी तथा कर्मचारी भ्रमणमा बिनियोजन गरेको छ भने कमलामाई नगरपालिका कार्यालयले ४९ लाख रुपैयाँ बिनीयोजन गरेको छ भने दुधौली नगरपालिका कार्यालयले अनुगमन तथा भ्रमणका लागी ४० लाख बजेट बिनियोजन गरेको छ ।
त्यस्तै तिनपाटन गाउँपालिकाले एकमुष्ट रुपमा योजना अनुगमन तथा मुल्याङकनका लागी ४५ लाख बिनीयोजन गरेको छ भने कर्मचारी सरुवा भ्रमणको लागी कुल २ लाख गरी ४७ लाख रकम बिनीयोजन गरेको छ त्यस्तै सुनकोशी गाउँपालिका कार्यालयले पनि यस आर्थिक वर्षमा अनुगमन तथा भ्रमणका लागी ३५ लाख रकम बिनियोजन गरेको छ । 
जिल्लाको मरिण गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधीहरुको भ्रमणका लागी ३५ लाख बिनियोजन गरेको छ भने घ्याङलेक गाउँपालिका कार्यालयले अनुगमन तथा भ्रमणकै लागी ४१ लाख रकम छुट्याएको छ । आफ्नो बार्षिक निती, कार्यक्रम तथा बजेटमा अनुगमन तथा भ्रमणकै लागी गोलन्जोर गाउँपालिका कार्यालयले २० लाख रकम बिनियोजन गरेको छ । 


, , ,

0 comments

Write Down Your Responses