Powered by Blogger.
फिक्कलमा साँढे १० करोड लागतमा दुई पक्की विद्यालय भवन निर्माण

भुकम्पको पिडालाई भुल्दै भवन उद्घाटनको खुसियालीमा दिनभर भोजभतेर र नाचगान्


फिक्कल (सिन्धुली) २४, बैशाख । पूर्व सिन्धुलीको विकट फिक्कल गाउँपलिकामा भुकम्पले क्षेती पु¥याएका दुई विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएपछि खुसीयालीमा नाँचगान सहित भोजभतेर लगायर भब्य कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
भुकम्पको चारवर्षपछि झण्डै साँढे १० करोड रुपैयाँमा भुकम्प प्रतिरोधात्मक विद्याय भवन पुनिर्नर्माण भएपछि त्यसको खुसीयालीमा राँगा, खसी र कुखुरा काटेर भव्य भोजको आयोजना गर्दै विशाल सांस्कृतिक कार्यक्रम विद्यालयको भवन उद्घाटन गरिएको हो ।
फिक्कल गाउँपालिका २ मा रहेको श्री माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डीभन्ञ्याङ र फिक्कल गाउँपालिका ३ को मावि रातमाटा सालघारीको नवनिर्मीत भवनको उद्घाटन हजारौंको संख्यामा शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दल, गाउँपालिका प्रतिनीधि, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थितीमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित गरिएको हो ।
मावि सुम्नामको तिनवटा भवन ५ करोड २४ लाख २५ हजार रुपैयाँ र मावि सालघारीको ५ करोड २३ लाख रुपैयाँमा तिनवटा दुई–दुईतले पक्का भवन निर्माण गरिएको छ । ति विद्यालयहरुको भवनमा २०७२ साल बैशाख १२ गतेको भुकम्पले पूर्णरुपमा क्षेतीपु¥याएपछि विद्यार्थीहरु टहरामा पढ्दै आएका थिए ।
भुकम्प गएको चार वर्षपछि पुनर्निर्माण सम्पन्न गरिएको भवनको उद्घाटनमा भुकम्पको पिडालाई भुल्दै विद्यालयमा गाउँभरीका अभिभावक, शिक्षक, विद्यार्थी तथा नेताहरुको उपस्थिती थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले श्री माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डीभन्ञ्याङको नवनिर्मीत भवनको उद्घाटन गर्दै विनासकारी भुकम्पले फिक्कलको विकट गाउँगाउँमा पनि पुननिर्माणको अवसर सिर्जना गरिदिएको भन्दै खुसी व्यक्त गरे ।
उनले भने, ‘विनासकारी भुकम्पले भौतिकसंगै ठुलो संख्यामा मानविय क्षेती पु¥यायो । तर, ति विगतका कहालीलाग्दो क्षणलाई विर्सने हो भने अहिले विपत्तीसंग जुद्दै पुनर्निर्माण र विकासको नयाँबाटो सिर्जना गरिदिएको छ ।’
अध्यक्ष तिमल्सिनाले विद्यालयको सुविधासम्पन्न भवनमा गुणस्तरीय र प्राविधिक शिक्षाको विकास गर्न सके देशको समृद्धि र सुखी नेपालीको अभियान पुरा गर्न मद्धत पु¥याउने बताए ।
कार्यक्रममा नयाँ भवनले शिक्षक, विद्यार्थी र अभिभावकहरुमा निक्कै ठुलो अवसरसंगै खुसी छाएको भन्दै नेकपाका नेता तथा संघिय संसद गणेश पहाडीले भुकम्प पछि बनेका नयाँ सुविधा युक्त भवनमा कम्तीमा ७० प्रतिशतसम्म दक्ष प्राविधिक जनशक्ती उत्पादन गर्ने शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए ।
नेकपाकै केन्द्रीय सदस्य तथा प्रदेश ३ का संसद राजन दाहालले सरकारले अवलम्बन गरेको प्राविधिकधारका शिक्षालाई गाउँगाउँका विद्यालयमा लागु गर्न सके गाउँमै दक्ष प्राविधिकको उत्पादन गर्न सकिने धारणा राखे ।
उनले भने, ‘विद्यालयलाई सिपयुक्त, व्यवसायिक र जिवनउपयोगी शिक्षाको विकाससंगै रोजगारमुखी शिक्षा दिने थलोको रुपमा विकास गर्नु पर्छ ।’
जिल्लामा भुकम्पका बेला ५ सय १३ वटा विद्यालय जोखिमयुक्त भन्दै रेडकार्डा टाँसिएको भएपनि हालसम्म २ सय ८८ वटा विद्यालयको मात्र निर्माण थालिएको भन्दै बाँकी विद्यालयको निर्माण प्रकृयानै सुरु नभएको प्रति दाहालले दुःख व्यक्त गरे ।
प्रदेश ३ का संसदद्धय प्रदिप कटवाल र विनोद खड्काले विद्यालयको भवन निर्माणमा राजनीतिक दलको हैसियतामा सबैले पहल गरेका कारण सम्भव भएको भन्दै जिल्लाका सबै विद्यायहरु पुनर्निर्माणमा आवश्यक पहल गर्ने बताए ।
भुकम्पले क्षेतीग्रस्त विद्यालयमा नयाँ भवन बनेपछि आफुहरुलाई पढ्न र पढाउन समेत सहज भएको विद्यार्थी तथा शिक्षकहरुले प्रतिक्रिया दिएका छन् । श्री माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डीभन्ञ्याङका प्रध्यानध्यापक टेकबहादुर थापाले भुकम्पले क्षेती पु¥याएको भवन पुनर्निर्माण सम्पन्न भएसंगै ढुक्क भएर कक्षा भित्र बस्न सक्ने अवस्था आएको खुसीयालीमा भव्य कार्यक्रमगरेर उद्घाटन गरिएको बताए ।
‘अव सुविधासम्पन्न भवन बनेको छ । यसमा फिक्कल गाउँपलिकाकै नमुना विद्यालयको रुपमा पठनपाठन सुरु गर्ने तयारीमा छौं,’ उनले भने ।
विद्यालयका अर्का शिक्षक फडिन्द्रनाथ पहाडी भन्छन्, ‘भुकम्प पछि जोखिमयुक्त भवनमा बढाउँदा त्रासनै त्रास हुन्थो । अहिले नयाँ भवन बनेसंगै शिक्षक विद्यार्थी सबै ढुक्क भएर शिक्षा दिन र लिन सक्ने अवस्था सिर्जना भएको छ यसमै हामी सबै खुसी छौं ।’
एसियाली विकास बैंकको ८८ प्रतिशत सहुलियत ऋण र नेपाल सरकारको १२ प्रतिसत अनुदानमा नवनिर्मीत भवनमा कक्षाकोठा, कम्प्युटर कक्षा, लाइबेरी, कार्यालय, विद्यार्थीभर्ना कक्ष, शिक्षक कोठा, किचन, शौचालय र प्रथमिक उपचार कक्ष समेतको निर्माण गरिएको छ ।


, ,

0 comments

Write Down Your Responses