Powered by Blogger.
आत्मनिर्भर बन्दै गोलन्जोर गाउँपालिकाका कृषक


लक्ष्मी थापा 
सिन्धुली(गोलन्जोर) २५ बैशाख । यतिबेला जताततै गर्मी र सुख्खा खडेरी लाग्ने समय हो ।  महाभारत श्रृखलामा पर्ने स्थानहरु त झन बर्षा याम सकिए संगै खडेरीले मरुभुमीतुल्य देखिन थाल्छन । तिनैमध्ये सिन्धुलीको गोलन्जोर गाँउपालिका पनि पर्दछ । यस गाँउपालीका सिन्धुली सदरमुकामदेखि उत्तरपुर्वी खण्डमा पर्दछ । जुन  सुनकोसी देखी महाभारत श्रृखला हुदै फैलीएको छ । गर्मीको कारण यो ठाँउ पनि सुख्खा हुन थालेको छ ।
साच्चीकै भन्ने हो भने त साँझबिहान भान्सामा पकाउने तरकारीको पनी अभाब हुने समय हो । तर पनी यहाका मानिसहरुलाई यस्तो खडेरीमा के तरकारी पकाएर खाने भन्ने चीन्ता छैन । किनभने  उनिहरु बेमौसममा पनी कसरि ताजा तरकारी तथा फलफुलहरु उत्पादन गर्ने भन्ने बिषयमा पुरै जानकार भैसकेका छन । आजभन्दा करीब ३ बर्ष अघि सम्म बजारदेखि सागसब्जी किनेर ल्याउने र छिमेकमा कसैले अलिअलि लगाएको छ भने पनि मागेर काम चलाउने उनीहरु अहिले मागेर हैन अब आफै उत्पादन गरेर खानु पर्छ भन्नेमा बिश्वस्त छन । 
अहिले उनिहरुको घरमा जाने हो भने सबैको घरको करेशाबारीमा लसुन, प्याज , खुर्सानी , भान्टा, फर्सि, काँका्र तथा अन्य सागसब्जी उत्पादन भईरहेको देख्न पाईन्छ । यसरी परिबर्तन हुनुमा ज्ञान सिप को अभाब ले  पनी भुमिका खेल्दछ । तसर्थ समय सँगसँगै सिप तथा ज्ञानको महत्व यस गाँउपालिकाका मानिसले बुझदै आएका छन । यसरि ठाँउ ठाँँउमा परिबर्तन ल्याउनको लागी बिभिन्न संघ संस्थाको पनि महत्वपुर्ण भुमिका रहन्छ । यस क्षेत्रमा पनि परिर्बनको मुख्य बाहकको रुपमा सिन्धुलीमा २०७२ सालको भुकम्प पश्चात कारीतास नेपाल र सामुहिक सरोकार समाज सिन्धुलीको साँझेदारीमा सञ्चालित नेपाल भकम्प पुर्ननिर्माण जिविकोपार्जन कार्यक्रम अन्तरगत गोलन्जोर गाँउपालिका साविक बाशेश्वर गाविसका ९ वटा बडामा  १८ वटा समुह परिचालन गरि कृषि तथा पशु विकाशमा निकै ठुलो  फडको मार्न सहयोग गरेको छ । 
बिगत ३ बर्ष अघिदेखि सञ्चालन गर्दै आएको यस संस्थाले  त्यहाका कृषकहरुलाई तरकारी उत्पादन , रोग किरा नियन्त्रण  तालिम , कृषि सामाग्री बितरण , बिउबिजन बितरण अन्य प्राविधिक सहयोग पनि गर्दै आएको छ । तत्पश्चात देखी यहाका किसानहरु ब्यबसायिक रुपमा तरकारी खेती नगरेपनि आफ्नो दैनिक उपभोगको लागि भएपनि आफै उत्पादन गर्ने भएका छन । उत्पादन गर्नको लागी सबैभन्दा ठुलो भुमिका सिचाईले पनि खेल्दछ । यानकी पानीबिना मानिस मात्र हैन बोटविरुवापनि बढन सक्दैन । तसर्थ यस गाँउपालिकामा  कार्यक्रम लागुभए पछि ब्यबसायिक रुपमा खेति गर्न नसकेपनि भान्साबाट खेर जाने पानीलाई खाल्डो बनाई पानी संकलन गरेर घरघरमा करेशाबारी बनाई तरकारी रोप्न थालेको बताउछन ।
साविक बाशेश्वर –  ३ बलेनीका लाभग्राही राजकुमार श्रेष्ठ भन्छन “ पहिला भन्दा धेरै सुधार भएको छ, यस वडामा पहिला कसैको घरमा केहि नफलाउने हरु अहिले हरेकको घरघरमा करेशाबारी छ । भाँडा माझेको पानि जम्मा गरेर भएपनि उनिहरु आफ्नोलागी आफै उत्पादन गर्छन ।  भोलिको दिनमा ब्यबसायिक रुपमा खेतिगर्ने निकै  सम्भावना छ । ” सबै वडामा आफ्नो लागी उत्पादन गर्ने मात्र हैन ब्याबसायिक रुपमा तरकारी उत्पादन गर्ने किसान हरु पनि थुप्रै छन । बाशेश्वर –९ सुंगुरे गाँउमा त झन घरैपिच्छे ब्यबसायिक रुपमा तरकारी उत्पादन गरि बार्षिक ५० हजारदेखि डेढ लाख सम्म आम्दानी लिने भएका छन । मेहनत गर्नसके पैसा कमाउन बैदेशिक रोजगार का लागी जानु नपर्ने र तरकारी खेतिबाट राम्रो आम्दानि लिनसकिने उनिहरु बताउछन । ब्यबसायिक तरकारी खेतीमै राम्रो सम्भावना देखेपछी अब आफ्नो शिक्षक पेशा अबधी सकिएपछि कृषि उत्पादनलाई जोड दिने बताउछन बाशेश्वर –१ देउरालीटारका ध्रुब प्रसाद कोइरालाको छिट्टैनै शिक्षण पेशा समाप्त हुदैछ । उनि भन्छन, “अहिले पनि बारिमा तरकारी फलाईरहेको छु तर यसलाई जागिर सकिएपछि अझै ब्यबस्थीत तरीकाले सञ्चालन गर्ने सोच बनाएको छु ” । उत्पादन गर्नसके आम्दानी राम्रो हुनेमा बाशेश्वर ८ घोक्सीला दारिमबोटका कृषक राज कुमार ठकुरी पनि बिश्वस्त छन् । उनि ब्यबसायिक रुपमा मौसमी तथा बेमौसमि तरकारी तथा फलफुल उत्पादन गर्ने  सकृय कृषक हुन् ।  उनि भन्छन् “ ब्यबसायिक कृषकको रुपमा म आफूलाई उदाहरण दिन चाहन्छु , मैले जस्तै सकृय भएर उत्पादन गर्ने हो भने यहाँका हरेक किसानलाई तरकारी बेच्न खुर्कोट पुगीरहनु पर्दैन यहि लिन आईपुग्छन ”।  संस्थाको सानो सहयोगमा त्यस ठाउको आमुल परिर्बन हुने देखेर कार्यक्रम सञ्चालन गरेको र उदेश्य अनुरुप कार्यक्रम सफल भएको र भोलिका दिनहरुमा पनि कृषिमा पिछडिएका ठाउहरुको बिकास गर्न लागि परिरहने सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नबराज पहाडी बताउछन ।


, ,

0 comments

Write Down Your Responses