Powered by Blogger.
सिन्धुलीको दुधौलीमा शंकास्पद वस्तु फेला

सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिका –८ स्थिच निमार्णाधिन मदन भण्डारी राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको दिन सोमवार विहानै दुधौली नगरपालिका – ८ मा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो । 

शंकास्पद बस्तु फेला परेपछि अहिले प्रहरीले घेरा हालेर सर्वसाधरणलाई त्यस क्षेत्रमा ओहोर दोहोर गर्न रोक लगाएको छ । शंकास्पद बस्तु बम हो होईन भन्ने यकिन नभएको र जिल्लाबाट नेपाली सेनाको बम डिस्पोजल टोली त्यस तर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिनुभयो । ‘जिल्लामा अहिले सम्म सामान्य नै छ । दुधौलीको वडा नं. ८ मा चै खतरा लेखेर सकेट बम जस्तो शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तुबारे सुरक्षा निकायले अनुसन्धान गरिहेको छ’ । उहाँले भन्नुभयो । 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको सिन्धुलीमा आंशिक प्रभाव परेको छ । बन्दले जनजीवन प्रभावित भए पनि अप्रिय घटना भने भएको छैन । 

विपी राजमार्ग र मध्ये पहाडी लोकमार्ग हिजो अस्तीको तुलनामा कमै मात्रामा सवारी साधन संचालन भएको प्रहरीले जनाएको छ । विपी राजमार्गमा सवारी साधनलाई स्कटीङ गरेर सञ्चालन गराइएको प्रहरी उपरिक्षक सिँहले बताउनुभयो । 



,

0 comments

Write Down Your Responses