Powered by Blogger.
आन्तरिक रुपमा शसक्त क्रान्तिको तयारी गरिरहेका छौं– गजुरेल


सिन्धुली, १८ जेठ । मोहन बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी) पार्टी निकट क्रान्तिकारी युवा लिग नेपालको ३ नम्बर प्रदेश सम्मेलन आज सिन्धुलीमाढीमा एक समारोह बीच उदघाटन भएको छ । 
कार्यक्रमको उदघाटन समारोहलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेकपा(क्रान्तिकारी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले बर्तमान ओली सरकार राष्ट्रघाती,जनविरोधी भएकाले सबै मोर्चामा असफल भएको आरोप लगाउदै देश र जनताले परिवर्तनको कुनै अनुभुति गर्न नपाएको बताउनु भएको छ । 
उहाँले दलालहरु बीच नै अन्तरविरोध सुरु भईसकेको बताउँदै केपी र प्रचण्ड बीच कुर्सी र पदका लागी गरिएको सम्झौता तर केपी ओलीले प्रचण्डलाई टेर्न छाडिसकेको बताउनु भयो । नेता गजुरेलले नेपालमा दलाल नेतृत्वका कारण क्रान्ति सफल नभएकाले आफ्नो पार्टीले आन्तरिक रुपमा शसक्त क्रान्तिको तयारी गरिरहेको समेत बताउनुभयो ।
त्यस्तै उदघाटन समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय अध्यक्ष अमिर महर्जनले नेपाल दलाल, तस्कर र माफियाहरुको हातमा पुगेको बताउँदै पुरानो राज्य ब्यवस्था फेर्नका लागी क्रान्तिकारी युवा लिगले आफ्नो अभियान सुरु गरेको बताउनु भयो । उहाँले राष्ट्रिय पुँजीको विकास नै नगरी समाजवादको सपना बाडेर सामाजिक फासिवादी सरकारले ढोङ गरिरहेको आरोप लगाउनु भयो । 
क्रान्तिकारी युवा लिग नेपाल तिन नम्बर प्रदेशका अध्यक्ष संकल्पको अध्यक्षतामा भएको उदघाटन समारोहमा क्रान्तिकारी युवा लिग नेपालका ३ नम्बर प्रदेश इन्चार्ज बसन्त बोगटी, नेकपा(क्रान्तिकारी)सिन्धुलीका जिल्ला सेक्रेटरी नविन बराल लगायतका नेताहरुले सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । 
१३ जिल्लाका प्रतिनिधी तथा पर्यवेक्षक सहभागी सम्मेलनको बन्दशत्र भोलि सम्म चल्ने र सम्मेलनले नयाँ नेतृत्व सहित आगामी संघर्षका कार्यक्रमहरु तय गर्ने क्रान्तिकारी युवा लिग नेपालले जनाएको छ ।


, ,

0 comments

Write Down Your Responses