सामुदायीक बन उपभोक्ता महासंघको २४ औं स्थापना दिवस मनाईयो

सिन्धुली, १८ जेठ । बनको दिगो ब्यवस्थापनको लागी सामुदायीक अधिकार, उद्यमशिलता र सशक्त संगठन सबृद्धिको आधार भन्ने मुल नाराका साथ सामुदायीक बन उपभोक्ता महासंघको २४ औं स्थापना दिवस आज एक समारोह बीच सिन्धुलीमाढीमा मनाइएको छ ।
स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ का सांसद बिनोद खड्काले सामुदायीक बनको दिगो ब्यवस्थापन गरी समुदायको हितको निम्ती प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सांसद खड्काले सामुदायीक बन भित्रका बिकृतिहरुको अन्त्य गर्दै बनलाई सहि प्रयोग गरी समाजका बेरोजगार युवाहरुलाई सबृद्धिमा जोड्नु पर्ने बताउनु भयो ।
सामुदायीक बन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षतामा भएको समारोहलाई सम्बोधन गर्दै सामुदायीक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य ढाल विक्रम कार्कीले बनको बिनास मात्र होइन विकासमा पनि समुदायले उत्तिकै चासो राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्धारीका काफ्ले, नेपाली काग्रेसका नेता खड्ग वाईवा, नेकपाका जिल्ला नेता सुर्य पाख्रीन लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
0 comments
Write Down Your Responses