Powered by Blogger.
मरिण गाउँपालिकामा विधुती हाजिरी ब्यवस्थापन सम्बन्धी तालिम सुरु


सिन्धुली, २५ जेठ । सिन्धुलीको मरिण गाउँपालिकामा विधुतीय हाजिरी ब्यवस्थापन सम्बन्धी तालिम आजबाट सुरु भएको छ
एक साता सम्म चल्ने तालिमको आज एक समारोह बीच गाउँपालिका अध्यक्ष पानिराज बम्जनले उदघाटन गर्नुभएको हो । विद्युतीय हाजिरी राखेका गाउँपालिका क्षेत्रका आठ ओटा विद्यालयका शिक्षकहरुलाई लक्षित गरी सुरु गरिएको विद्युतिय हाजिरी ब्यवस्थापन सम्बन्धी तालिमको उदघाटनका क्रममा बोल्दै अध्यक्ष बम्जनले सामुदायीक विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन विधुतीय हाजिरीको प्रयोग सुरु गरिएको बताए । उनले विद्युतिय हाजिरीको सहि सदुपयोग गर्न शिक्षकहरुलाई आग्रह समेत गरे ।  उदघाटन कार्यक्रममा बोल्दै निमित्त प्रशासकीय अधिकृत नबराज बरालले विद्युतिय हाजिरीको प्रयोगले शिक्षाको गुणस्तरमा बृद्धि हुनुका साथै शिक्षकहरुलाई अझ बढी जिम्मेवार बनाउने विश्वास ब्यक्त गरे ।
नौ दिन सम्म चल्ने तालिममा मरिण गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयका शिक्षक तथा लेखा प्रमुखरु सहभागी रहेको र तालिममा विद्युतिय हाजिरीको प्रयोग, रुजु तथा त्यसको प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराईने बताइएको छ । तालिमको सहजीकरण मरिण गाउँपालिका कार्यालयका आइटी अफिसर बिनय सुयालले गर्ने छन ।


,

0 comments

Write Down Your Responses