Powered by Blogger.
कृषि र उद्योगको बिकास बिना आर्थिक सबृद्धि संभब छैन–मन्त्री भट्ट


सिन्धुली(मरिण) ७ माघ ।  । नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भटले कृषि र उद्योगको बिकास बिना आर्थिक सबृद्धिको सपना पुरा नहुने बताउनुभएको छ । आज एक समारोह बीच सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित मरिण महोत्सब २०७६ को उदघाटनमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री भट्टले भन्नुभयो, ‘हामीले सुखि नेपाली र सबृद्ध नेपालको सपना अगाडि बढाएका छौं । त्यसका लागी प्रमुख आधार भनेकै कृषिमा आधुनिकीकरण र कृषिमा आधारित उद्योगहरुको बिकास हो ।, उहाँले सरकार कृषिमा आधारित उद्योगहरुको बिकास गर्न लागीरहेको बताउँदै यस बर्षमात्र देशभरका ७० स्थानमा ग्राम उद्योगको स्थापना हुने बताउनुभयो । 
देशभरका ७५३ वटै स्थानीय तहमा ग्राम उद्योगको स्थापना गरिने र देशका प्रमुख केन्द्रहरुमा ठुला ठुला उद्योगहरुको स्थापना गरि आयात होइन निर्यातको अवस्था सिर्जना गर्ने लक्ष्यमा सरकार रहेको बताउनुभयो । मरिण  गाउँपालिकामा उद्योगको स्थापना गर्न आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री भट्टले ब्यक्त गर्नुभयो । 
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै पुर्व कृषि मन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले मरिण क्षेत्रको बिकास तिब्र गतिमा भईहरको बताउँदै उक्त बिकासको उपयोग गरि जनतालाई सबृद्धि तर्फ लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मरिण क्षेत्रको बिकासले अब फड्को मारिसकेको छ, अब मरिणका जनताको अध्यारो दिन सकियो, उज्यालो दिन आएको छ ।”
नेपाल भ्रमण बर्ष २०२० हाम्रो अभियान, सबृद्ध मरिण हाम्रो पहिचान भन्ने मुल नाराका साथ कृषि, ब्यापार र पर्यटन प्रबद्र्धनका लागी उद्योग बाणिज्य संघ मरिण उपशाखाको मुल आयोजना तथा मरिण गाउँपालिकाको सहयोगमा सुरु गरिएको महोत्सव माघ १८ गते सम्म चल्ने जनाइएको छ । 


, ,

0 comments

Write Down Your Responses