Powered by Blogger.
सिन्धुलीमा आधुनीक एकीकृत सरकारी कार्यालय भवन निर्माण


सिन्धुली, ८ माघ । जिल्लामा आधुनीक स्तरको एकीकृत सरकारी कार्यालय भवन निर्माण कार्य सम्पनन् भएको छ । 
जिल्ला सरकारी वकील कार्यालय, सहरी बिकास तथा भवन डिभिजन कार्यालय, जिल्ला हुलाक कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सहितको चार वटा कार्यालयहरुको भवन निर्माण सम्पनन् गरिएको छ । 
उक्त भवन निर्माणको जिम्मा शिद्धबाबा निर्माण सेवाले पाएको थियो । निर्माण कम्पनीको प्रोपाइटर दिपक कार्कीले आज एक समारोह बीच उक्त चारवटै कार्यालयको एकीकृत भवन कार्यालय प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको हो । 
ब्यवस्थित कम्पाउन्ड वाल, फर्निचर फर्निसिङ्ग, प्रशासन सञ्चालन तथा कार्यालय प्रमुखको आवास सहित सुबिधा सम्पनन् रहेको उक्त भवनको कुल लागत रकम १४ करोड ७१ लाख ८० हजार रहेको जनाइएको छ । सन १०१६ सेप्टेम्बरमा सुरु भई २८ डिसेम्बर २०१९ मा सम्पनन् गर्नुपर्ने सम्झौता अनुसार १ बर्ष म्याद थप भई २०२० मा सम्पनन् भएको हो । 
चार वटा सरकारी कार्यालयको एकीकृत कार्यालय भवन निर्माण सँगै जिल्लामा आधुनिक स्तरका सरकारी कार्यालय भवनहरुको संख्या बृद्धि भएको छ । यस अघि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रण कार्यालय, सिचाई डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय लगायतका कार्यालयहरुको आधुनिक र सुविधा सम्पनन् भवन निर्माण भईसकेका छन भने जिल्ला स्तरमा आधुनिक सुविधा सम्पनन् अस्पताल भवनको निर्माण र जिल्ला कारागारको भवन समेत आधुनिक खालको निर्माण हुने चरणमा रहेको छ । 


,

0 comments

Write Down Your Responses