Powered by Blogger.
समाजवादी पार्टी सिन्धुलीको विसु अभियान सुरु

सिन्धुली, ९ माघ । समाजवादी पार्टी सिन्धुलीले तीन महिने ‘संगठन विस्तार एवं सुदृढीकरण अभियान’ आजबाट सुरु गरेको छ । तात्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी पार्टी खोलेपनि समाजवादी पार्टीले तल्लो तहको एकीकरण सहित संगठन बिस्तार र सुदृढिकरण गर्नका लागी विसु अभियान सुरु गरेको जनाएको छ । 
सरकारबाट बाहिरिएको झण्डै एक महिनापछि समाजवादीले थालेको अभियानमा एकीकरणका बाँकी काम सम्पन्न गर्नेदेखि संगठन विस्तारसम्मको योजना रहेको जिल्ला अध्यक्ष मोदनाथ तिमल्सीनाले बताउनुभयो । 
संघीयता, सुशासन, सबृद्धि र समाजवाद । समुन्नत संघीय समाजवाद जिन्दावाद भन्ने मुल नाराका साथ देशै भरि सञ्चालन हुने अभियान जिल्लामा प्रत्येक वडा वडा सम्म पुगेर संगठन तथा सदस्यता विस्तारको काम गरिने जनाइएको छ । समाजवादी पार्टीका केन्द्रिय महासचिब गंगानारायण श्रेष्ठले आज जिल्लाका अगुवा अभियान्ताहरुलाई अभियानको बारेमा जानकारी दिर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । 
कुन नेताले कहाँ नेतृत्व गर्र्दैछन हेर्नुस । 
कमलामाई नगरपालिका– दिर्घराज श्रेष्ठ 
दुधौली नगरपालिका–अरुण आले 
मरिण गाउँपालिका–हरि बहादुर श्रेष्ठ 
हरिहरपुरगढी गाउँपालिका– एक बहादुर रानामगर 
तिनपाटन गाउँपालिका–बन्दना सुवेदी 
फिक्कल गाउँपालिका–विष्णु बहादुर सुनुवार 
गोलन्जोर गाउँपालिका–रामबावु थापा 
सुनकोशी गाउँपालिका–संकर बसेल 
घ्याङलेक गाउँपालिका–सुरत बहादुर स्याङ्गतान 


, ,

0 comments

Write Down Your Responses