Powered by Blogger.
विसु अभियान आन्दोलनको तयारी हो ः महासचिब श्रेष्ठ


सिन्धुली, ९ माघ । समाजवादी पार्टीका केन्द्रिय महासचिब गंगा श्रेष्ठले समाजवादी पार्टीले सुरु गरेको ३ महिने विसु अभियान आन्दोलनको तयारी भएको बताउनु भएको छ । 
आज सिन्धुलीमा विसु अभियानको सुरुवात गर्दै नेता श्रेष्ठले भन्नुभयो “विसु अभियान पार्टीको बैचारिक उर्जालाई संगठनमा बदल्न, पार्टीलाई संघर्षको भट्टीमा खार्नका लागी र आन्दोलनको तयारीको लागी हो  ।” उहाले विसु अभियान पुराना पार्टीहरुले चलाएको जस्तो अभियान नभएर नयाँ खालको अभियान भएको समेत जिकिर गर्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भन्नुभयो, “संघीय समाजवादी फोरम र नयाँ शक्ति बिचको एकता प्राविधिक एकता मात्र होइन, यो एकता बैचारिक हिसाबले बैकल्पीक राजनैतिक शक्ति निर्माण गर्दै नयाँ युगको नयाँ आवश्यक्ता पुरा गर्न निर्माण गरिएको नयाँ पार्टी हो ।” श्रेष्ठले काग्रेस र कम्युनिष्टको बिकल्पको रुपमा आफुहरुको पार्टी रहेको समेत दावि गर्नुभयो । उहाँले भन्नुभयो,“ राजनैतिक बैचारिक हिसाबले, आर्थिक हिसाबले र राज्य सञ्चालनको प्रक्रियाको हिसाबले काग्रेस र कम्युनिष्ट भन्दा समाजवादी पार्टी फरक छ ।” उहाँले अबको १० वर्षमा समाजवादी पार्टी देशकै ठुलो पार्टी बन्ने समेत दावि गर्नुभयो । उहाँले समाजवादी पार्टीले २५ वर्षमा नेपाललाई संसारकै सुखी, सबृद्ध र समुन्नत बनाउने समेत बताउनुभयो । 
नेता श्रेष्ठले आफ्नो पार्टीलाई जातीवादीको आरोप लगाउनेहरु नै जातिवादी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समाजवादी पार्टीमा सिंगो देशको चित्र छ तर अन्य पार्टीमा हेर्नुस के अवस्था छ ? त्यसैले हामी जातिवादी होइन जातिवादी नेकपा र नेका हुन ।”  श्रेष्ठले अहिलेको संघीयता प्रशासनिक मात्र भएको बताउँदै पहिचान सहितको संघीयताको एजेण्डालाई आफुहरुले अगाडि सारेको बताउनुभयो । उहाँले अहिलेको सरकारले हेटौडालाई राजधानी र प्रदेशको नाम बागमति बनाएर संघीयताको धज्जी उडाएको समेत बताउनुभयो । 


, ,

0 comments

Write Down Your Responses