Powered by Blogger.
माईक्रोबस दुर्घटना हुदाँ एक जनाको मृत्यु


सिन्धुली, १२ माघ । सिन्धुलीमा यात्रुवाहक माईक्रोबस (हायस) दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाईते भएका छन् । आईतवार विहान झापाबाट काठमाडौं जादैं गरेको बा४ख ६९६ नम्बरको माईक्रोबस कमलामाई नगरपालिका–२ ढुंग्रेभज्याँग स्थित भद्रकाली मन्दिर नजिकै दुर्घटना भएको हो । 
दर्घटनामा माईक्रोबसका चालक काठमाडौं महानगरपालिका–११ काँडाघारीका मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिए । 
दुर्घटनामा घाईते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । विहान सवा सात बजे ढुंग्रेभज्याँग स्थित भद्रकाली मन्दिर नजिक पुगेको माईक्रोबस बाक्लो हुस्सु लागेकाले अध्यारो हुदाँ दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
माईक्रोबस सडकबाट करिव ४० मिटर तल खसेको सुचना अधिकारी खत्रीले जानकारी दिए । 


,

0 comments

Write Down Your Responses