Powered by Blogger.
नागरिक बडापत्र बारे जानकारी नहुँदा समस्यामा सेवाग्राही


सिन्धुली, १२ माघ । नागरिकता बनाउनका लागि कुन कुन कागजात चाहिन्छ, अथवा राहदानी लिन के गर्नुपर्छ वा मालपोतमा जग्गा पास गर्दा के गर्ने भन्ने कुराको जानकारी नहुँदा र लिन नसक्दा सिन्धुलीका ग्रामीण क्षेत्रका सेवाग्राहीहरु सदरमुकाम आएर समस्या भोग्न बाध्य हुने गरेका छन ।
विभिनन् सरकारी कार्यालयबाट प्रदान गरिने सेवा, प्रक्रिया र दस्तुर बारेमा जानकारी नहुँदा सदरमुकाम आएर सर्वसाधारणहरु रनभुल्लमा पर्ने गरेका हुन ।
एकीकृत नागरिक बडापत्र गाउँसम्म नहुँदा सरकारी काम लिएर आउने सर्वसाधारणले आफूले कुन कागजात पेस गर्ने र कसरी प्रक्रिया पूरा गर्ने भन्ने ज्ञानको अभाबमा धेरै दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन ।
एकीकृत नागरिक बडापत्र मार्फत गाउँगाउँ सम्म सरकारी कार्यालयहरुको सेवाको बारेमा सर्वसाधारलाई जानकारी गराउन आवश्यक रहेको सेवाग्राहीहरु बताउछन । कार्यालयहरुको सेवालाई प्रभावकारी र जनताको समस्यालाई अन्त्य गर्न नागरिक बडापत्र गाउँगाउँ र सर्वसाधारण जनताको हातहातमा पु¥याउन जरुरी रहेको नेपाली काग्रेसका नेता उपेन्द्र पोखरेल बताउछन । जिल्लामा अहिले नागरिक बडापत्र सरकारी कार्यालयमा मात्रै राख्ने गरिएको छ ।
गाउँगाउँबाट सर्वसाधारण कार्यालयमा पुगेपछि चाहिने कागजात, दस्तुर प्रक्रियाका बारेमा कुनै जानकारी नभई सदरमुकाम आउने र काम नभएपछि दुःख पाएर फर्कने गरेका छन् । धेरै दिनसम्म कागजात जुटाउनका लागि सदरमुकाममा ठूलो खर्च र हैरानी बेर्होनु पर्ने उनिहरुको बाध्यता रहेको छ ।
सबै सरकारी कार्यालयबाट प्रदान गरिने सेवाका बारेमा गाउँमै जानकारी लिएर आउँदा सेवाग्राहीहरुको समय, झन्झट र खर्च बचत हुने भएकाले एकीकृत नागरिक बडापत्रको गाउँ गाउँ सम्म पुयाउन जरुरी देखिन्छ ।
स्थानीय निकाय र वडा नागरिक मञ्चसम्म नागरिक बडापत्र पु¥याउन सकेमा जनताले दुःख पाउने अवस्था नआउने र विभिनन् सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा समेत पारदर्शीता हुने स्थानीयहरु बताउछन ।
वडा कार्यालयहरुले आफ्नो कार्यालयमा कार्यालयले दिने सेवाहरुको बारेमा र विभिनन् उपभोक्ता समितिहरुले गरेको निर्माण कार्यमा निर्माण क्षेत्र स्थलमै आयोजना विवरण सहित बडापत्र राख्नु पर्ने नियम भएपनि जिल्लामा त्यसको प्रभाबकारी कार्यान्वयन भएको पाईदैन ।


, ,

0 comments

Write Down Your Responses