Powered by Blogger.
दोस्रो फिक्कल महोत्वसब फागुन ९– १८ गतेसम्म


सिन्धुली । सिन्धुलीमा पनि फिक्कल छ, भनेर चिनाउन दोस्रो फिक्कल महोत्वसब फागुन ९ गते देखि १८ सम्म संचालन हुने भएको छ ।

जिल्लाको फिक्कल गाउँपालिकाले आफ्नो गाउँपालिकाको प्रसारप्रचार गर्ने उदेश्यले दा्रसो नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर “सडक शिक्षा, बिजुली फिक्कलको पुर्वधार, कृषि पर्यटन जडिबुटी र जंगल समृद्धिको आधार” भन्ने मुल नाराका साथ दोस्रो फिक्कल महोत्वसब संञ्चालन गर्न लागेको हो ।गाउँपालिकाले महोत्वसबको बारेमा पत्रकार सम्मेलन गरेर दोस्रो फिक्कल महोत्वसब फागुन ९देखि १८गतेसम्म संचान गरिने जनाकारी गराएको छ ।

गाउँपालिका क्षेत्रमा रहेका धार्मिक एवं ऐतिहासिक पर्यटकिय क्षेत्रको जानकारी गराई आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरी पर्यटन पर्वद्धन साथै कृषि जडिबुटी, क्षेत्रका सिप र हस्तकलाको पेशा लाई ब्याबसाहिक रुपमा उन्मुख गराउने पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रवक्त राजु बरालले जानकारी गराउनु भएको थियो । उहाँका अनुसार गाउँपालिका भित्रका पशुपालन कृषि उत्पादको प्रसारप्रचार गरी गुणस्तरीय आन्तरिक प्रर्वद्धन, स्थानीय परम्परा शीप, कला र संस्कृतिकको जर्गेना गर्न उत्प्रेरित गर्ने छ ।
गाउँपालिका भित्रका साना उद्ययमिहरुको उत्पादनलाई प्रसारप्रचार गरी उनिहरुको उद्यमशिलताको बजार निशिचत गर्नुका साथै गाउँपालिका भित्रका कच्चा पर्दाथको प्रयोग गरी ठुला उद्योग संचालन गर्नको लागि लगानीकर्ताहरु आर्कषित गर्ने उदेश्यले महोत्वसब आयोजना गरीने पत्रकारहरु लाई जानकारी गराउनु भयो ।

महोत्वसब संचानको लागि गाउँपालिका बाट २० लाख,प्रायोजक बाट १० लाख सह–प्रायोज बाट ५० हजार र साधरण बिज्ञापन बाट २० हजार आम्दानी हुने छ, भने २८ लाख ५० हजार अनुमानित लागत खर्चहुने समेत अनुमान गरिएको छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले प्रथम फिक्कल महोत्वसबले सिन्धुलीमा पनि फिक्कल छ भनेर चिनाउन सफल भएको बताउनु भयो । गाउँपालिकाको अबको लक्ष्य भनेको पर्यटन प्रर्वद्धन गर्ने उदेश्य रहेको र गत महोत्वसबको कमीकमजोरी बाट पाठ सिकेर अझ प्रभाबकारी र सफल बनाउने बताउनु भएको छ ।
यता गाउँपालिका अध्यक्ष धनबहादर कार्कीले मन्त्रालयहरुमा काम परेर जाँदा फिक्कल बाट आएको भन्दा सिन्धुलीमा पनि फिक्कल छ र भनेर प्रश्न आउने गरेको थियो तर अहिले त्यसलाई चिरेर सिन्धुलीमा फिक्कल छ भनेर चिनाउन सफल रहेको बताउनु भयो । महोत्वसबको आफु– आफु रहेका मिडियाहरुबाट प्रसारप्रचार गरेर सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

महोत्वसबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड सांस्कृतीक प्रस्तुतीहरुका साथै, शैक्षिक जानकारी ,जलयात्रा र प्याराग्लाइडिङ्ग समेत रहने छ ।


, ,

0 comments

Write Down Your Responses