सरकारी र निजी विद्यालयले एक अर्कालाई प्रतिसप्रधि बनाउनु पर्छ ः अध्यक्ष कार्की

सुनकोशी फ्रन्टीयर बोर्डिङ स्कुलको नबौं बार्षिक उत्सब सम्पनन्
सिन्धुली १६ माघ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीले सरकारी र निजी विद्यालयले एक अर्कालाई प्रतिसप्रर्धिको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।बिहिबार गोलन्जोर गाउँपालिका–३ मा रहेको सुनकोशी अग्रेजी फटवयर बोर्डिङ स्कुलको ९ औं बार्षिक उत्सबलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष कार्कीले भन्नुभयो, “सामुदायीक र संस्थागत विद्यालयले एक अर्कालाई प्रतिसप्रधिको रुपमा विकास गर्नुपर्छ अनिमात्र शिक्षाको गुणस्तरमा बृद्धि हुन्छ, प्रतिसप्रर्धाले मात्र सरकारी विद्यालयको गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।” कार्कीले निजी विद्यालयहरुले गरिरहेको सेवाको प्रशसा गर्दै बोर्डिङ स्कुलहरुले विश्व बजारमा विक्न सक्ने दक्ष जनशक्तिको उत्पादन गरिरहेको समेत बताउनुभयो । शिक्षा मजबुद्ध भएमात्र परिवार, समाज र देश बलियो हुने भएकाले शिक्षालाई बलियो बनाउन सबैपक्ष जिम्मेवार भएर लाग्नु पर्ने उहाँको भनाई थियो ।
त्यस्तै बर्षिकउत्सब समारोहलाई विशेष अतिथीको रुपमा सम्बोधन गर्दै गोलन्जोर गाउँपालिकाका शिक्षाा अधिकृत ठाकुर प्रसाद दाहालले हालको शिक्षण सिकाई प्रक्रियालाई सुधार गर्नुपर्ने र शिक्षालाई ब्यवाहारसँग जोड्नु पर्ने बताउनुभयो । बार्षिक उत्सब कार्यक्रममा प्याबसन सिन्धुलीका उपाध्यक्ष रेगनराज थापा, प्रेश संगठन सिन्धुलीका अध्यक्ष बुद्धकुमार आछामी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
बार्षिक उत्सब समारोहमा समाजवादी पार्टीका जिल्ला नेता गौरब कार्की, नेपाल कम्युनिष्ट पार्टीका नेता भुपाल बराल, विभिन्न् संघ सस्थाका प्रमुख तथा कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो भने विद्यालयका प्रिन्सीपल टेक बहादुर कार्की(पर्वत)ले अघिल्लो शैक्षिक सत्रको आयब्यय तथा प्रगति विवरण र विद्यालयको भावि कार्ययोजना पेश गर्नुभएको थियो ।
स्कुल सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद पोखरेलको अध्यक्षता भएको बार्षिक उत्सब समारोहमा उत्कृष्ट शिक्षक, विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । बार्षिक उत्सब समारोहको अवसरमा स्वर्गीय मनमायाँ कार्की र देबी बहादुर कार्कीको स्मृतिमा छोरा भक्त कुमार कार्कीले स्थापना गरेको मनदेवी स्मृति कोष विद्यालयका उत्कृष्ट छात्रा छात्रलाई तथा सुनकोशी नदिमा बगी मृत्यू भएकी विद्यालयकी छात्रा बिनु गोलेको स्मृतिमा आमा कबिता गोलेले स्थापना गरको बिनु स्मृति कोषद्धारा स्थापित छात्रबृत्ति जोखीममा परेका विद्यार्थीहरुलाई वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न् गित तथा नृत्य प्रस्तुत गरि मनोरन्जन प्रदान गरेका थिए ।
0 comments
Write Down Your Responses